arrow

एशियाका उत्कृष्ट चलचित्र निर्देशक दुक रहेनन्, संक्रमणबाट मृत्यु

logo
प्रकाशित २०७७ मंसिर २९ सोमबार
kim-ki-duk.jpg

सोल । दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोभिड –१९ का कारण शुक्रबार निधन भएको छ । उनन्साठी वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए। दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाइरहेका थिए  ।

उनको लातभियास्थित उपचाररत अस्पतालमा निधन भएको बुसान इन्टरनेशनल फिल्म फेष्टिभल (बिआइएफएफ) का कार्यकारी निर्देशक जेन याङ–जुनले यहाँका स्थानीय समाचार माध्यमलाई जानकारी दिए ।

एशियाका उत्कृष्ट चलचित्र निर्देशक दुकले ६९ औं भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्ड जितेका थिए  ।  उनले एकसठ्ठीऔं संस्करणमा ‘थ्री आइरन’का लागि सिल्भर लाइन जितेका थिए ।

बर्लिनमा ‘समारिया’का लागि उत्कृष्ट अवार्ड जितेका उनले ‘अरिराङ’का लागि सन् २०११ मा कान्स जितेका थिए ।  ‘स्प्रिङ समर फल, विन्टर एन्ड स्प्रिङ’  ‘पियटा’ जस्ता चलचित्रका निर्देशक दुकको अन्तिम चलचित्र ‘डिजल्भ’ हो । 

दुकमाथि एक अभिनेत्रीद्वारा यौन र शारीरिक शोषण गरेको आरोप लागेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ