arrow

एएनएको जिम्मेवारी विजयराज भट्टराईलाई

logo
प्रकाशित २०७७ पुष २ बिहिबार
vijayraj-bhattarai-ana.jpg

अमेरिका । अमेरिकामा रहेका नेपाली समुदायको पुरानो संस्था एसोसिएसन अफ नेपालिज इन अमेरिकाज (एएनए) को सम्पन्न निर्वाचनबाट इञ्जिनियर विजयराज भट्टराईको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । नयाँ वर्ष २०२१ जनवरी १ देखि नयाँ समितिले नेतृत्व लिनेछ ।  यो वर्षको समापनसंगै वर्तमान अध्यक्ष खगेन्द्र अधिकारीले नवनिर्वाचित अध्यक्ष भट्टराईलाई नेतृत्व हस्तान्तरण गर्नेछन् ।   

अहिले निर्वाचित १० सदस्यीय समितिमा अमेरिकाका विभिन्न राज्यहरुमा बसोबास गर्ने अनुभवी, विभिन्न पेशामा ख्यातिप्राप्त व्यक्तिवहरु निर्वाचित भएका हुन् । नयाँ कार्यकारी समितिमा वरिष्ठ उपाध्यक्षमा बाल्टिमोरका चर्चित सामाजिक अभियन्ता तथा बानाका पूर्व अध्यक्ष विजयकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

एएनए निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त भक्त थापाद्वारा प्रकाशित निर्वाचन नतिजाअनुसार उपाध्यक्षहरुमा डा। तुल्सी धरेल (क्यानडा) शैलेन्द्र बहादुर खत्री (पूर्वीय क्षेत्र) , डा दुर्गा दाहाल (पश्चिमी क्षेत्र), महासचिवमा डा. चुणामणि खनाल, सहसचिवमा बिनय गौतम, कोषाध्यक्षमा डा. उषा शर्मा, सहायक कोषाध्यक्षमा राधा कृष्ण धमला, युवा संयोजकमा लक्ष्मणलाल प्रधान निर्वाचित भएका छन् ।

समितिका सदस्यहरुमा भने निर्वाचित अध्यक्षले मनोनयन गर्ने एएनएको विधानमा उल्लेख छ । सन् १९८३ मा स्थापित एएनए नेपाली समुदायमा राष्ट्रिय स्तरको मुनाफारहित सामाजिक संस्थामध्ये कै एक हो । स्थापना कालदेखि नै विभिन्न क्रियाकलाप र नेपाली समुदायका अन्य सामाजिक विषयहरुमा वकालत र उठान गर्न सदैव अग्रणी भूमिका निर्वाह गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ