arrow

रुसले सिरियाका आइएस अखडामा क्रुज मिसाइल खसाल्यो

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
2047824058.jpeg
एजेन्सी । रुसले सिरियामा रहेका इस्लामिक स्टेट आइएस अखडामा क्रुज मिसाई खसालेको छ । आइएसविरुद्धको बमबारी तिब्र पारेको रुसले ६९ लडाकु विमान सिरियामा आक्रमण गर्न खटाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भने सिरियामा भइरहेको हवाई आक्रमण कथित आइएसलाई हराउन प्रर्याप्त नभएको बताएका छन् । 
 
रुसले लगातार चौथो दिन सिरियामा क्रुज मिसाइल प्रहार गरेको छ । लामो दूरी सम्म मार हान्न सकिने ती मिलाइल क्यास्पियन सागरस्थित युद्धपोतबाट प्रहार गरिएको बताइएको छ ।  केही मिसाइल अहम दीर–अल–जूरमा समेत खसेका छन् । 
 
आइएसले कब्जा गरेको पूर्वी सिरियाको उक्त शहर स्वघोषित राजधानी रक्का र आइएस अखडा रहेको इराकी क्षेत्रको मध्यमा पर्दछ । उक्त क्षेत्र तेल संसाधन सम्पन्न मानिन्छ । रुसी सेनाले शुक्रबार रक्का, इदलिब र अलेप्पो प्रान्तमा प्रहार गरेका १८ क्रुज मिसाइलले सात ठाउँ ध्वस्त पारेको जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ