arrow

कोरोनाबाट विदेशमा थप एघार नेपालीको मृत्यु

युएईमा मात्रै थप आठ

logo
प्रकाशित २०७७ पुष ५ आइतबार
covid-test-corona.jpg

काठमाडैँ । कोभिड-१९ को संक्रमणबाट विदेशमा थप ११  नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप आठ नेपालीको मृत्यु भएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक नेपालीको मृत्यु भएको हो ।   

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५७ जनामा कोभिड–१९ संक्रमण देखिएको छ । तीमध्ये ४९ देशका ४९ हजार ११० नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कूल संक्रमितको ९४ प्रतिशत रहेको हो । 

शनिबार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका सङ्ख्या ३१२ जनाको कोरोना संक्रमणका कारणले निधन भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए । उनका अनुसार यो साता मलेसिया, भारत, कतार,  युएई, नाइजेरिया, साउथअफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।  

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले क्रिसमशलगायत अँग्रजी नयाँ वर्षका अवसरमा भीडभाड कम गर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन आग्रह गरेको छ । क्रिसमश र नयाँ वर्षका अवसरमा मानिस ठूलो सङ्ख्यामा उपस्थित हुने तथा समारोह गर्ने भएकाले त्यसबाट संक्रमणको उच्च जोखिम रहने भएकाले त्यसो नगर्न समितिले आग्रह गरेको हो । 

 महामारीको जोखिम कम नभएको र विशेषतः यूरोपेली मुलुकमा संक्रमण अस्वभाविक रुपमा फैलिरहेको भन्दै ती मुलुकमा रहेका नेपालीले अझै सावधानी अपनाउनुपर्ने समितिका संयोजक सापकोटाले बताए ।  

यसैबीच समितिले विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिसकेको र त्यहाँस्थित केही नेपालीले पनि खोप लगाएकाप्रति खुशी व्यक्त गरेको छ । यद्यपि खोपको सर्वव्यापी सहजता नभएको र अझै कयौं देशमा खोप आउन बाँकी रहेकोले सावधानी आवश्यक रहेको समितिका संयोजक सापकोटाले बताए । उनले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि सबैलाई आग्रह गरे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ