arrow

मोर्चा कार्यकर्ताले एफएमको समाचार रोके

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
कलैया। बाराको कलैया नगरपालिकास्थित शान्ति मिडिया प्रालिद्वारा सञ्चालित संस्कार एफएमबाट प्रसारण हुँदै आएको समाचार बुलेटिन शुक्रबारदेखि अनिश्चितकालका लागि बन्द भएको छ । 

सो प्रालिबाटै प्रकाशन हुँदै आएको ‘संस्कार खबर’ दैनिक पत्रिकामा दीपावली तथा छठ पर्वका अवसरमा नेपाली काँग्रेस, नेकपा (एमाले) बाराका सांसदहरुको शुभकामना छापिएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले कलैया भरत चोकमा सो पत्रिका जलाएका थिए । 

दैनिक छ पटक समाचार प्रसारण हुँदै आएको सो एफएमबाट अन्य कार्यक्रमको प्रसारण भने नियमित नै रहेको एफएमका समाचार सम्पादक राजेश कुशवाहाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ