arrow

एनआरएनएको विधान शंसोधन हुँदै, थपिंदै नयाँ पद

logo
प्रकाशित २०७७ पुष ९ बिहिबार
nrna-final.jpg

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी महिना हुने विषेश अधिवेशनको तयारी सुरु भएको छ ।

 विधानको प्रस्तावित खाका सार्वजनिक गरेर जनवरी २३ र २४ तारिखमा अधिवेशनको तयारी थालिएको सचिबालयले जनाएको छ ।

अधिवेशनमार्फत संघको विधान २००३ (२०१७ को संशोधन सहित) मा संशोधन प्रस्ताव पेस हुँदैछ । बिभिन्न देशबाट प्राप्त सुझावलाई समेटेर विधान समितिले विधानको मस्यौदा तयार गरिसकेको छ ।

प्रस्तावित मस्यौदा अनुसार १० औं अधिवेशनमा पंजिकृत सदस्य निशुल्क गर्ने विधान संशोधन प्रस्ताव गरिएको छ । प्रस्तावित विधानमा प्रतिनिधी चयन, निर्वाचन प्रणाली, लगायत केही नयाँ पदहरु समेत थएिको छ ।

नयाँ व्यवस्थाले संघभित्र महिला, युवा र विज्ञहरुको उल्लेख्य उपस्थिती हुने ग्यारेन्टी गरेको छ । मस्यौदा अनुरुप २१ जना आइसीसी मनोनित सदस्य मध्य ७ जना महिला अनिवार्य हुनु पर्ने व्यवस्था गरिएको छ ।

प्रस्तावित विधान अनुरुप संघको प्रवक्ता कार्यसमितिको सदस्य मध्येबाट एक जनालाई चयन गर्न सकिने प्रावधान राखिएको छ ।

प्रस्ताविद विधानमा महाधिवेशन प्रतिनिधी मध्ये ७० प्रतिशत पुराना पदाधिकारीहरु चयन हुने छन् भने बाँकी २० प्रतिशत एनसीसीको महाधिवेशनबाट निर्वाचित हुने र १० प्रतिशत विज्ञ तथा अध्यक्षद्धारा मनोनित हुनेछन् ।

थपिए नयाँ पद
बरिष्ठउपाध्यक्ष – १ जना
युवा उपाध्यक्ष – १ जना
सहकोषाध्यक्ष – जम्मा ३ जम्मा जना (१ महिला)
सचिव – जम्मा ६ जना
क्षेत्रीय महिला तथा युवा उपसंयोजक ६ वटै क्षेत्रबाट – १२ जना
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ