arrow

सरकार र मधेसी मोर्चाको वार्तामा मध्यस्थता गर्नेः महामन्त्री सिंह

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1724756393.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले संविधान कार्यान्वयनका लागि काँग्रेस हदैसम्म लचिलो हुने बताएका छन् । 

डिल्लीबजार टोल सुधार समितिले शनिवार यहाँ आयोजना गरेको कार्यक्रममा महामन्त्री सिंहले मधेसमा जारी समस्याको समाधानका लागि काँग्रेसले मधेसी दल र सरकारसँग सार्थक वार्ता थाल्ने उल्लेख गरे । उनले भने, “हामी सरकार र मधेसी दलको वार्ताका लागि मध्यस्थताको भूमिका खेल्छौँ ।” 

महामन्त्री सिंहले मधेसको समस्या समाधानका लागि जिम्मेवार भएर प्रस्तुत हुन सरकारलाई आग्रह गरे । उनले विद्येयक पारित गराउन सरकारले आनाकानी गरेको भन्दै इमान्दारिताका साथ प्रस्तुत भए सबै समस्याको समाधान हुने विश्वास व्यक्त गरे ।  उनले नाकाबन्दीका कारण बजारमा कालोबजारी मौलाउँदै गएकाले यसलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ