arrow

जनतासँग प्रत्यक्ष संवाद गर्न ‘‘हेलो सिँचाइ मन्त्री’

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
195987262.jpeg
काठमाडौँ । जनतासँग प्रत्यक्ष संवाद स्थापित गर्ने उद्देश्यले सिँचाइ मन्त्री उमेशकुमार यादवले ‘हेलो सिँचाइ मन्त्री’ जनसंवाद कार्यक्रम सुरू गरेका छन् । 

जनसंवादका लागि सिंहदरबारस्थित मन्त्रालयको टेलिफोन नम्बर ०१–४२००२१५ को व्यवस्था गरिएको छ । मन्त्रालयसँग जोडिएका निकाय, मातहतका विभाग, आयोजना, कार्यालय र सिँचाइसँग सरोकार राख्ने विषयवस्तुका सम्बन्धमा जनताले प्रत्यक्ष टेलिफोन गरेर सल्लाह, सुझाव र गुनासा राख्न सक्नेछन् । 

मन्त्राललयका अनुसार सार्वजनिक बिदाको दिनबाहेक दिउँसो १ देखि २ बजेसम्म दैनिक एक घण्टा जनताका सल्लाह, सुझाव र गुनासा लिइने छ । महिनाको दुई दिन मन्त्री आफैँले जनतासँग प्रत्यक्ष संवाद गर्नुहुने छ भने अन्य दिन मन्त्रालयको निजी सचिवालयले गुनासा लिएर मन्त्रीसमक्ष पु¥याउने छन् । 

मन्त्री यादवले शुक्रबार मोरङका बालकृष्ण अधिकारीसँग प्रत्यक्ष संवाद गरी कार्यक्रमको शुभारम्भ गरे । शुक्रबार मात्रै सङ्खुवासभाबाट जेबी निरौला, सप्तरीबाट मोहम्मद सकिल, सप्तरीबाटै रामसुन्दर यादव, बझाङबाट दीपकराज जोशी, मुगुबाट जयकृष्ण रोकाय, सप्तरीबाट रामकुमार यादवले सिँचाइ मन्त्रीलाई फोन गरेर आफ्ना गुनासा राखेका थिए ।

सो अवसरमा मन्त्री यादवले जनसंवाद कार्यक्रममार्फत आएका सल्लाह, सुझाव र गुनासाअनुसार मन्त्रालय तत्काल अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै सो कार्यक्रमले मन्त्रालय र जनताबीचको सम्बन्ध अझ प्रगाढ र सुमधुर हुने विश्वास व्यक्त गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ