arrow

नेपालीले पनि लगाए कोरोनाविरुद्धको खोप

logo
प्रकाशित २०७७ पुष १२ आइतबार
corona-vaccine1.jpg

काठमाडौँ ।  गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।

बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।

९४.५ प्रतिशत नेपाली कोरोनामुक्त
विदेशमा कोरोना संक्रमणमा परेका नेपालीमध्ये ९४.५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

समितिका अनुसार गत साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीमा संक्रमण पाइएको छ । हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ