arrow

बारेकोटका दुर्गम बस्तीमा मोटरबाटो

बाटो पुग्यो, व्यापार बढ्यो

logo
लोकेन्द्र विश्वकर्मा,
प्रकाशित २०७७ पुष १३ सोमबार
jajarkot-barekot.jpg

खलंगा । जाजरकोटको अति दुर्गम बारेकोट गाउँपालिकामा बर्षौपछि मोटरबाटो पुगेको छ । जिल्लाका सात वटा स्थानीय तहमध्ये सबैभन्दा दुर्गम बारेकोटका सबै वडामा बल्ल चारपांग्रे गाडी पनि गुड्न मिल्ने मोटरबाटो पुगेको हो । गाउँ गाउँमा मोटरबाटो पुगेसँगै सबै गाउँलेहरुमा खुशीयाली छाएको छ ।

स्थानीय सरकारले बारेकोट बासीकाहरुका घर घरमा गाडी पुग्ने गरी मोटरबाट निर्माण गर्ने चुनावी बाचा पूरा गरेको हो । जाजरकोटको कर्णाली भनिने बारेकोटका बस्तीहरुमा मोटरबाटो पुगेपछि स्थानीयहरुको पिठ्युमा भारी बोक्ने कष्टपूर्ण दुःखका दिन सकिएका छन् ।

बारेकोट गाउँपालिका २ घाट घर भएका वीरेन्द्र ऐश्वर्य माविका प्रधानाध्यापक गोरखबहादुर सिंह गाउँमै मोटरबाटो पुगेकामा खुशी व्यक्त गर्छन् । ‘पहिले खानीटाकुराका जुरेली, सल्लीबजार, नेपालगञ्जबाट हिडेर बारेकोट पुग्नुपथ्र्यो’ गाउँमा पुगेको मोटरमा चढ्दै सिंहले भने, ‘अब अहिले त हिड्ने कुरा छैन, सररर गाडी चढ्यो, सदरमुकाम झरेर गन्तव्यमा पुगिने भएको छ ।’

कुनै बेला सिंह हप्तौ लगाएर जाजरकोटका ठुल्ठूला भीर चढ्दै नेपालगञ्जबाट सामान बोकेर आफ्नो घर पुग्थे । तर अहिले उनका ती कष्टपूर्ण दिनहरु मोटरबाटोले गर्दा सम्झनामा सिमित भएका छन् ।

बाटो पुग्यो, व्यापार बढ्यो
बारेकोटका बस्तीहरुमा मोटरबाटो पुगेसँगै गाउँपालिकाका सबै वडामा व्यापार पनि बढेको छ । व्यापार बढेसँगै गाउँको आर्थिक र सामाजिक उन्नती बढ्दो छ ।

बारेकोटदेखी सदरमुकामसम्म यातायात सेवा सुरु भएपछि स्थानीयले रोजगारी र व्यवसायका नयाँ नयाँ बाटोहरु पनि खोल्न थालेका छन् । आधुनिक पुस्ताको योजना र सपनाले मूर्त रुप लिएसँगै कुनै बेला महिनौ हिडेर बारेकोटमै जीवन गुजारिरहेका बुढापाका पनि दंग देखिन्छन् ।

बारेकोटमा सडक सञ्जाल पुगेसँगै विकासका अरु पूर्वाधार निर्माण गर्न पनि सहज भइरहेको छ । बिजुली, खानेपानी लगायतका पूर्वाधार निर्माणका लागि चाहिनै सामग्री सजिलैसँगै बारेकोट पुर्याउन सकिने भएको छ ।

गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले गाउँपालिकामा सडक सञ्जाल पुगेसँगै गाउँलेका आवश्यकता र जनप्रतिनिधिका योजना पूरा हुने क्रम बढेको बताए । उनका अनुसार बाटोले सहज यात्रा र सुविधा मात्र होइन, स्थानीयको व्यापार व्यवसाय पनि फस्टाउँदो छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ