arrow

द्रुतमार्गमा टेलिकमको अप्टिकल फाइबर

logo
प्रकाशित २०७७ पुष १३ सोमबार
nepal-telecom-building.jpg

काठमाडौं। नेपाल टेलिकम र काठमाडौ­तराई–मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउन सम्झौता सम्पन्न भएको छ। राजधानीलाई मधेशसँग जोड्ने तुलनात्मक रुपमा निकै छोटो (७२.५ कि.मी) मानिएको र नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच पुस १० गते सहमति एमओयुमा हस्ताक्षर भएको हो।

नेपाल टेलिकमका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र सो द्रुतमार्ग सडक आयोजनाका तर्फबाट आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलबाट सम्झौतामा हस्ताक्षर भएको हो।

विभिन्न प्याकेजमा चरणगत रुपमा निर्माण हुने दु्रत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै जाने व्यवस्था सम्झौतामा उल्लेख गरिएको छ।

अत्यन्त तीव्र गतिमा निकै ठूलो परिमाणमा डाटा आदान प्रदान गर्न सकिने अप्टिकल फाइबर प्रविधि जडानका लागि जमिन खन्ने, पाइप बिछ्याउने र त्यसमा केबल राख्ने कार्य गर्नुपर्ने हुन्छ। यस कार्यमा लाग्ने आर्थिक व्ययभार नेपाल टेलिकमले व्यहोर्ने छ।

साथै अप्टिकल फाइबर बिछ्याउने कार्यको प्राविधिक सुपरभिजन लगायतका कार्य कम्पनीका तर्फबाट निरन्तर गरिने नेपाल टेलिकमले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ