arrow

विद्यालय पुनःनिर्माण गर्न साढे चार लाख सहयोग

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
फलेवास (पर्वत) । गत वैशाखको भूकम्पले भत्काएको पर्वतको एक विद्यालयको पुनःनिर्माणका लागि प्रवासीले आर्थिक सहयोग गरेका छन् ।  जिल्लाको तिलाहार गाविसस्थित तुलोदय माविको भवन पुनःनिर्माणका लागि रोजगारीका क्रममा बेल्जियममा रहेका पर्वतेलीले झण्डै रु साढे चार लाख सहयोग गरेका हुन् । 

पर्वत घर भई बेल्जियममा बस्दै आएकी निशा गुरुङको सक्रियतामा गेन्ट परिवार बेल्जियममार्फत सङ्कलन भएको रु चार लाख ४९ हजार ९२६ विद्यालयलाई शुक्रबार हस्तान्तरण गरिएको छ ।  कक्षा कोठा निर्माण कार्यका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले आफूहरुले उक्त रकम प्रदान गरेको गुरुङले बताए । 

भूकम्पका कारण उक्त विद्यालयका आठ वटा कक्षा कोठा पूर्ण रुपमा भत्किएपछि विद्यार्थीहरु पालमुनी पढ्न बाध्य छन् । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै युवा सङ्घ नेपाल पर्वतका अध्यक्ष विमल लामिछानेले विद्यालय भत्केपछि आफूले बेल्जियमबासी पर्वतेलाई सहयोगका लागि अनुरोध गरेको र सोहीअनुसार सहयोग रकम प्राप्त भएको बताउँदै सहयोगको सही सदुपयोग हुनुपर्ने धारणा राखे । 

भूकम्पले भत्काएको कक्षा कोठाको पुनःनिर्माणका काम सुरु भए पनि आर्थिक अभावमा निर्माण कार्यले गति लिन नसकेको विद्यालयलका प्रधानाध्यापक सुरेशकुमार पौडेलले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ