arrow

ह्यारि केनको गोलमा टोटनह्यामको जित, पुग्यो शीर्ष तीनमा 

logo
प्रकाशित २०७७ पुष १९ आइतबार
harry-cane3.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपर शीर्ष तीनमा पुगेको छ । शनिबारको खेलमा  लिड्स युनाइटेडविरुद्ध ३–० गोल अन्तरको सहज जित निकालेसँगै टोटनह्याम शीर्ष तीनमा पुगेको हो । 

घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई जित दिलाउन ह्यारि केन, ह्युङ मिन सन र टोबी एल्डरवायर्ल्डले एक–एक गोल गरे ।

यस्तै खेलको अन्तिम केही समय टोटनह्याम १० खेलाडीमा समेटिएको थियो । म्याट दोहेर्टीले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा घरेलु टिम १० खेलाडीमा समेटिएको हो ।

अन्य खेलको नतिजा
क्रिस्टल प्यालेस २–० शेफिल्ड युनाइटेड
ब्राइटन एण्ड हभ आल्बियन ३–३ वुल्भरह्याम्पटन वान्डेरर्स
वेष्टब्रोमविच आल्बियन ०–४ आर्सनल

अंक तालिका
१६ खेलबाट ३३ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । म्यान्चेस्टर युनाइटेड ३३ अंकबाटै दोस्रो स्थानमा छ । 

टोटनह्याम, लेस्टर सिटी र एभर्टनको समान २९ अंक रहेको छ । चेल्सी, एस्टनभिल्ला, म्यान्चेस्टर सिटी, साउथह्याम्पटन र वेष्ष्ह्याम युनाइटेडको २६ अंक छ । 

आर्सनल २३ अंकसहित ११ औं स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ