arrow

लिभरपुलको हार, टुट्यो फराकिलो अन्तरको सपना 

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
liverpool-southhampton-2021.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले अप्रत्याशित हार बेहोरेको छ । सोमबार राति भएको खेलमा लिभरपुल साउथह्याम्पटनसँग १–० गोल अन्तरले पराजित भएको हो ।

साउथह्याम्पटनले घरेलु मैदानमा दोस्रो मिनेटमै अग्रता लिएको थियो । ड्यानी इङ्सले जेम्स वार्डको फ्रिकिक पासमा गोल गरेका थिए । 

खेलका क्रममा लिभरपुलले निरन्तर बल पोजिसनमा एकतर्फी पकड जमाएपनि गोल गर्न सकेन ।  लिभरपुलको बल पोसेसन ६७ प्रतिशत रहेको थियो ।

गोल गर्ने ११ प्रयास विफल भएका थिए । १० वटा कर्नर हान्ने अवसर पाएको थियो । तर साउथह्याम्पनले पाँच वटा फल खेल्दा लिभरपुलले १२ वटा फल हानेको थियो । लिभरपुलका तीन खेलाडीले पहेंलो कार्ड खाएका थिए तर गोल गर्न सकेनन् । 

डिफेन्डिङ च्याम्पियन लिभरपुलको यो जारी सिजनको दोस्रो हार हो । यो हारले शीर्ष स्थानको लिभरपुलको फराकिलो अन्तर बनाउने सपना टुटेको छ । 

अंक तालिका

शीर्ष स्थानको लिभरपुलको १७ खेलबाट ३३ अंक रहेको छ । दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको १६ खेलबाट ३३ अंक रहेको छ । 

तेस्रो स्थानको लेस्टर सिटीको १७ खेलबाट ३२ अंक छ । १६ खेलबाट २९ अंकको टोटनह्याम हट्सपर चौथो स्थानमा छ । टोटनह्यामसँगै २९ अंकबाट पाँचौं स्थानमा रहेको म्यान्चेस्टर सिटीले १५ खेलमात्र खेलेको छ । 

लगातार दुई सफलताले सिटी शीर्ष स्थानमा पुग्न सक्नेछ । त्यस्तै साउथह्याम्पटन र एभर्टनको पनि २९ अंक नै रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ