arrow

खैरो हेरोइन र नगदसहित चन्द पक्राउ 

logo
दीपेन्द्र बस्नेत, 
प्रकाशित २०७७ पुष २१ मंगलबार
135179545_3862779163743508_.jpg

कञ्चनपुर । जिल्लाको दक्षिण सीमान्त बेलौरीबाट खैरो हेरोइन र नगदसहित एक जना युवकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ । ६३ ग्राम लागुऔषध खैरो हेरोइन र ७८ हजार ४८० रुपैयाँसहित बेलौरी नगरपालिका १० का ३६ वर्षिय बलबहादुर चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कमल खड्काले बताए । 

प्रहरी निरीक्षक खड्काको नेतृत्वमा खटिएको संघीय इकाई कार्यालयको लागुऔषध नियन्त्रण सेल र इलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त टोलीले बेलौरी बजारबाट चन्दलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
 
लागु औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा शंका लागेर तलासी लिँदा खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका चन्दलाई लागुऔषध खैरो हेरोइन शिर्षकमा मुद्दा दर्ता गरी कारवाही बढाइएको प्रहरी निरीक्षक खड्काले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ