arrow

सेनामा जागिर खुल्यो, आवेदन दिन कहाँ जाने ?

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
army4.jpg

काठमाडौं। नेपाली सेनाले विभिन्न ११ पदमा गरी २ सय ९४ जनाका लागि भर्ना खोलेको छ ।  मंगलबार जारी एक सूचनामार्फत सेनाले ११ विभिन्न पदमा २ सय ९४ जनाका लागि भर्ना खुलेको जनाएको हो । जसअनुसार सबै भन्दा बढी बन्दोबस्ती कार्य सिपाही पदमा ९६ जना माग गरिएको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले लेखा जमदार, पूजारी हुद्दा, अमल्दार कर्मचारी, सूचीकारदेखि धोबीसम्म गरी ११ पदमा भर्ना खुलेको सुचनामार्फत जनाएको छ ।

जसअनुसार लेखा जमदार पदमा ५० जना, पुजारी हुद्दा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना माग गरिएको छ ।

माग अनुसारको योग्यता पुगेकाहरुले ३० दिन भित्र अर्थात २१ पुसदेखि २१ माघसम्म आवेदन दिन सकिने सुचनामा जनाइएको छ । सो मिति पछि समेत एक साता (२८ माघ) सम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

यि विभिन्न पदमा आवेदन दिंदा तिर्नु पर्ने शुल्क भने फरक फरक छ । जसअनुसार लेखा जमदारका लागि दस्तुर तीन सय, पुजारी हुद्दा र अमलदार कर्मचारी पदका लागि दुई सय तोकिएको छ । अन्य पदमा १ सय शुल्क बुझाएर दरखास्त दिन सकिने छ ।

आवेदकले नारायणहिटी उत्तरतर्फको गेट नेपाल क्याभलरीको खेल मैदानमा पुगेर फारम लिन र बुझाउँन सक्ने गरी व्यवस्था मिलाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ