arrow

हुम्लामा हिमपातपछि जनजीवन कष्टकर

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ पुष २१ मंगलबार
humla-cold.jpg

हुम्ला । हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ ।आइतबार अपराह्नदेखि सिमकोटसहित जिल्लाका उच्च क्षेत्रमा हिमपात भएको र बेँसीमा वर्षा भएसँगै चिसोले जनजीवन कष्टकर बनेको हो ।

हिउँदेयाम सुरु भएसंगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ । अत्यधिक चिसो र हिमपात भएपछि यहाँका नागरिक चिसो छल्न आगो ताप्ने गर्छन् । मौसम परिवर्तनसँगै आइतबारदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ ।

 हुम्लाको तापक्रम माईनस ८ डिग्री सेन्टिग्रेडमा झरेको छ । चिसोले सिमकोट आसपास चल्ने सडकअबरुद्ध हुदाँ स्थानीयलाई समस्या भएको छ । सडकमा हिउँ जमेपछि सिमकोट आसपास चल्ने आन्तरीक सडक अबरुद्ध भएको हो । समुन्द्री सतहदेखि करिब १ हजार मिटर उचाइसम्म हिमपात भएपछि हुम्लामा चिसो अत्यधिक बढेको छ ।

पछिल्लो समय चिसो बढ्दै गएपछि सिमकोट बजार क्षेत्रका कर्मचारी, व्यापारी र गाउँघरकास्थानीय आगो र हिटर तापेर काम गर्न थालेका छन । भने चिसाले सरकारी तथा गैरसरकारी संघसंस्थामा सेवा प्रवाहमा पनि कठिनाइ भएको छ् । चिसो बढेसँगै दैनिक रूपमा गर्दै आइरहेका काम पनि ठप्प भएको छ । चिसोले गाई, बाख्रा, मेलापातमा पनि समस्या भएको स्थानीय जंग शाहीले बताए ।

सदरमुकाम सिमकोट आसपासका क्षेत्रमा पनि बाक्लो हिउँ परेको छ । स्थानीयलाई आउजाउ गर्नै समस्या भएको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

उत्तरी हुम्लाका प्राय बस्तीका बासिन्दाले यसअघि नै गाउँ छोडिसकेका छन । सिमकोट आसपासको क्षेत्र हिउँले ढाकिएको छ ।  हिमपात भएपछि सदरमुकाम सिमकोट वरिपरिका रुख र जमिन सेताम्मे बनेका छन ।

हिमपातका कारण हुम्लाको जनजीवन प्रभावित बनेको छ । चिसोले बाटोमा बरफ जमदा १ घरबाट अर्को जान समस्या भएकाले जनजीवन झन कष्टकर भएको सिमकोट ५ का कृष्णबहादुर बोहोराले बताए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ