arrow

नेपाल प्रहरीका तीस एसपीको सरुवा

logo
प्रकाशित २०७७ पुष २१ मंगलबार
nepal-police12.jpg

काठमाडौं। प्रहरी प्रधान कार्यालयले ३० जना प्रहरी उपरिक्षक एसपीहरुको सरुवा गरेको छ । प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले मंगलबार जिल्लाको सुरक्षा नेतृत्वमा रहने ३० जना एसपीहरुको सरुवा गरेका हुन् । 

सरुवा सूची अनुसार बेलबहादुर पाण्डेलाई जिल्ला प्रहरी कार्यालय पर्सा सरुवा गरिएको छ । त्यहाँ कार्यरत एसपी गंगा पन्तलाई केन्द्रीय अनुसन्धान व्यूरोमा रहेको इन्टेलिजेन्स महाशाखामा ल्याइएको छ । 

यसैगरी प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापामा सानुराम भट्टराईलाई पठाइएको छ । त्यहाँ रहेका कृष्णप्रसाद कोइरालालाई अपराध महाशाखा ल्याइएको छ । 

यस्तै मकवानपुरमा सोमेन्द्र सिंह राठौर, काभ्रेपलाञ्चोकमा भुपेन्द्रबहादुर खत्री, बारामा दिपेन्द्र शाहीलाई र सिन्धुलीमा आभुषण तिम्सिनालाई पठाईएको छ । 

यसैगरी कंचनपुरमा उमाप्रसाद चतुर्वेदीलाई सरुवा गरिएको छ भने जिल्ला प्रहरी कार्यालय धनुषामा प्रकाश रानाभाटलाई पठाइएको छ । उनी अपराध महाशाखामा थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ