arrow

ओली पक्षका बोहराले दिए योजनामन्त्रीबाट राजीनामा

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
jhapat_bohara.jpg

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बुधबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

मन्त्रालयमा बुधबार अपरान्ह साढे ३ बजे आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो राजीनामाको घोषणा गरेका हुन्।
    
विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले बताए।

 उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओली पक्षका मानिन्छन् ।

सुदूरपश्चिम प्रदेशमा प्रचण्ड-माधव समुहका मुख्यमन्त्री त्रिलोचन भट्ट रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ