arrow

थप चार सय नौ जना कोरोना पुष्टि, देशभर पाँच हजार सक्रिय संक्रमित

logo
प्रकाशित २०७७ पुष २२ बुधबार
covid-test-positive-corona.jpg

काठमाडौँ । पछिल्लो २४ घण्टामा पुष्टि भएका थप ४०९ सहित हालसम्म कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ६३ हजार १९३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा छ हजार ७०६ नमूना परीक्षण गर्दा थप ४०९ जना कोरोना पुष्टि भएको हो । जसमा १४४ महिला र २६५ पुरुष छन् ।
    
कूल संक्रमितको संख्या दुई लाख ६३ हजार १९३ मध्ये दुई लाख ५६ हजार १६१ संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार १३३ छ । तीमध्ये १६०८ जना होमआइसोलेसनमा छन् । एक सय ९७ को आइसियुमा उपचार भइरहेको छ । तीस जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । कोरोना संक्रमणबाट हालसम्म एक हजार ८९९ को मृत्यु छ ।

साथै प्रदेश नं १ मा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० जना रहेका छन् । सक्रिय संक्रमितमध्ये ३९१ जना होमआइसोलेसनमा, नोबेल मेडिकल कलेजमा सात, विराट मेडिकल कलेजमा चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र मेची अस्पतालमा तीन-तीन, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जना उपचारमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २१४ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट २०६, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट चार, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट दुई, विराट मेडिकल कलेज र नोबेल मेडिकल कलेजबाट एकऔएक जना डिस्चार्ज भएका हुन् ।

पछिल्लो २४ घण्टाको अवधिमा १५ जना नयाँ संक्रमित थपिएका छन् । थपिएकामा मोरङमा १० जनामध्ये  विराटनगरमा सात, धनकुटाको धनकुटा नगरपालिकामा तीन र झापामा दुई जना छन् । हालसम्ममा प्रदेशमा दुई लाख १० हजार ७२५ जनाको पिसिआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ