arrow

हुम्लाको महादेव उच्च माविको भवन निर्माणार्थ भारतले दियो ४ करोड ४१ लाख

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
india-help-humla-school.jpg

काठमाडौं। भारतीय राजदूतावास, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र हुम्ला जिल्लाको चंखेली–दार्मा गाउँपालिकाका प्रतिनिधिहरुबीच जिल्लाको चंखेली–दार्मा स्थित महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको यस परियोजनाका लागि भारत सरकारले ४ करोड ४१ लाख ३० हजार आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

विस २०३३ सालमा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षा बोर्ड र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँग आबद्घ रहेको छ । भारत सरकारले शुरु गरेर साना विकास परियोजनाको नामले परिचित यस उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमा काम गरिरहेको छ ।

परियोजना अन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । यी मध्ये १४ वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् जसमा हुम्ला जिल्लामा एक विद्यालयको निर्माण सम्पन्न भएको छ भने चार विद्यालय निर्माण परियोजना विविध चरणमा रहेका छन् ।

निकट छिमेकी भारत र नेपालबीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध रहेको छ । प्राथमिकताको क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारको प्रयासलाई पूर्णता दिन भारत सरकारको निरन्तर प्रतिबद्घतालाई पनि दुई देशबीच सम्पन्न आजको यस सम्झौतापत्रले प्रतिबिम्बित गरेको भारतीय दूतावासले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ