arrow

घाइते पत्रकार कृष्ण थापालाई प्रेस युनियन युरोपले पठायो सहयोग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २३ बिहिबार
donation-handover-npu-krish.jpg

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराइरहेका नुवाकोटका पत्रकार कृष्ण थापालाई नेपाल प्रेस युनियन युरोपले आर्थिक सहयोग पठाएको छ ।

नुवाकोटमा दुर्घटना परी खुट्टामा गम्भीर चोट लागेपछि ट्रमा सेन्टरमा उपचाररत थापालाई प्रेस युनियन युरोपले पठाएको ३१ हजार रुपैंयाँ रकम विहीबार नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र केन्द्रीय सदस्य युवराज गौतमले अस्पतालमै पुगी हस्तान्तरण गरेका हुन् ।

प्रेस युनियन युरोप संयोजक संजयभक्त कंडेलको अगुवाइमा संकलित रकम ट्रमामै पुगेर घाइते थापाकी श्रीमतीलाई हस्तान्तरण गरिएको हो । 

पुष २० गते विहान दुर्घटनामा परेका प्रेस युनियन रसुवाका पूर्वअध्यक्ष तथा कान्तिपुर संवाददाता थापाको खुट्टाको आगामी मंगलबार शल्यक्रिया हुँदैछ । आर्थिक अवस्था कमजोर भएका थापाको उपचारमा सहयोग जुटाउन महासचिब शिवाकोटीले दाताहरुसँग आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ