arrow

प्राविधिक शिक्षामा सबैको पहुँच हुने गरि शुल्कमा एकरुपता ल्याईने : मन्त्री साह

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ पुष २३ बिहिबार
Nawalkishor-shah-2.jpg

जनकपुधाम। गुणस्तरीय प्राविधिक शिक्षामा सवैको पहुँच तथा अध्यन गर्ने गरि शुल्कमा एकरुपता ल्याउने कुरा प्रदेश नम्बर दुई का सामाजिक विकास मन्त्री नवलकिशोर साहले वताएका छन्।

मन्त्री साहले अहिलेको  युग प्राविधिक युग भएकोले प्राविधिक शिक्षा अध्यनमा सवैले पढ्न सकिने गरि शुल्क निर्धारण गर्नुपर्नेमा जोड दिए।

जनकपुरमा बिहीबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद प्रदेश  नम्बर दुई द्वारा  आयोजित आंगिक,साझेदारी ,सामुदायिक  विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) विद्यालय तथा निजी स्तरमा संचालित शिक्षण संस्थाहरूसंग शुल्क निर्धारण तथा पुर्वाधार सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै   मन्त्री साहले उक्त कुरा बताएका हुन् ।

परिषदका निर्देशक नागेन्द्र साहको  अध्यक्षतामा समपन्न कार्यक्रममा सामाजिक विकास मन्त्रालय प्रदेश  सचिव कृष्ण प्रसाद काफ्ले, जनकपुधाम उप महानगरपालिकाका मेयर  लालकिशोर साह लगायतको सहभागीता थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ