arrow

सि चिनफिङ नेतृत्वमा आएदेखि चीनमा ज्याक माजस्तै दर्जनौं अर्बपति गायब

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
Xi-jackMa.jpg

काठमाडौं । यतिबेला विश्वभर चिनियाँ अर्बपति ज्याक मा हराएको समाचारले चर्चा लिएको छ । लामो समयदेखि ज्याक मा सार्वजनीक स्थानमा देखिएका छैनन्, उनको कम्पनी अलिबाबाले यस विषयमा कुनै प्रतिक्रिया जनाएको छैन ।

निकै चर्चित भएका कारण ज्याक माको समाचारले चर्चा लिए पनि सन् २०२० कै मार्चमा चिनियाँ ‘रियल स्टेट टाइकुन’ एवं ब्लगर रेन झिकियांग सम्पर्क विहिन भएका थिए । सन् २०१७ चिनियाँ लगानी समुह ‘टुमरो ग्रुप’का मालिक जिओ जिआनहुआ पनि महिनौंसम्म सम्पर्क विहिन भएका थिए ।

सन् २०१६ मा चीनको चर्चित फेसन ब्राण्ड मिटर्सबोन्वेका संस्थापक अर्बपति झोउ चेन्जियान एवं सन् २०१५ मा ‘फोसुन इन्टरनेश’ल लगानी समुहका संस्थापक एवं चिनियाँ वारेन बफेट भनेर चिनिने उद्यमी गुओ गुआंगचांग पनि सम्पर्क विहिन भएका थिए ।

गत अक्टोबर २४ मा संघाइमा आयोजित बन्ड सम्मेलनमा उनी पछिल्लो पटक सार्वजनीक रुपमा उपस्थिती भएका थिए । उक्त सम्मेलनमा ज्याक माले चिनियाँ वित्तिय व्यवस्था परिवर्तन गर्नुपरे विषयमा भाषण गरेका थिए । ज्याक माको यो भाषणपछि उनलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)ले निगरानीमा राखेको थियो । लगत्तै नोबेम्बर ३ मा ज्याक माको कम्पनी आन्ट ग्रुपलाई सेयर बजारमा सुचिकृत हुनबाट चिनियाँ अधिकारीहरुले रोकेका थिए ।

यसपछि उनको मुख्य कम्पनी अलिबाबामाथि समेत एकाधिकारको आरोप लगाएर छानबिनको दायरमा ल्याएको थियो । निरन्तर रुपमा यी घटना भइरहँदा ज्याक मा सम्पर्कमा छैनन् ।

यद्यपति चीनमा लामो समयसम्म सम्पर्क विहिन हुने अर्बपति ज्याकमा मात्रै हैनन् । यसअघि समेत यसरी नै सि चिनफिङ नेतृत्वको सीसीपीले दर्जनौं अर्बपतिहरुलाई लामो समयसम्म सम्पर्क विहिन गरेको समाचारहरु बाहिरिएका छन् ।

चिनियाँ वारेन बफेट सम्पर्क विहिन
सन् २०१५ मा ‘फोसुन इन्टरनेश’ल लगानी समुहका संस्थापक एवं अध्यक्ष गुओ गुआंगचांगमा पनि सम्पर्क विहिन भएका थिए ।

त्यतिबेला एसिया, युरोप र अफ्रिकामा लगानी गर्दै आएका गुओ चिनियाँ वारेन बफेट भनेरसमेत चिनिन्छन् । उनी सम्पर्क विहिन भएका बेला उनको कम्पनी ११५ बिलियन अमेरिकी डलर बराबरको रहेको थियो ।

संघाई विमानस्थलबाट उनलाई त्यहाँका प्रहरी अधिकारीहरुले लगेको समाचार बाहिरिएको थियो । योसँगै उनको कम्पनीको कारोबार समेत रोकिएको थियो ।

पछि उनी कम्पनीको वार्षीक सम्मेलनमा फेला परेका थिए । यद्यपि उनी सम्पर्क विहिन भएको अवस्थाको कुनै पनि जानकारी उनले सार्वजनीक गरेका थिएनन् । अहिले गुओको सम्पती करिब साढे ७ अर्ब अमेरिकी डलर मात्रै रहेको छ ।

झोउ चेन्जिायन सम्पर्क विहिन

सन् २०१६ मा चीनको चर्चीत फेसन ब्राण्ड मिटर्सबोन्वेका संस्थापक अर्बपति झोउ चेन्जिायन समेत सम्पर्क विहिन भएका थिए । 
चिनियाँ केन्द्रिय स्वामित्वको मिडिया चाइना डेलीले उनलाई प्रहरीले पक्राउ गरेको समाचार उल्लेख गरेको थियो ।

उनकै कम्पनीले उनी हराइरहेको समाचार प्रकाशन गरेको लामोसमयपछि उनी फेरि कम्पनीमा फर्केका थिए । यद्यपी त्यसबीचमा उनीमाथि के भयो भन्ने बिषयमा उनी केही बोलेनन् ।

मिटरसबोन्वेको अध्यक्षमा अहिले झोउकी छोरी छन् । यद्यपी कम्पनीको सबैभन्दा ठूलो (१.३ अर्ब अमेरिकी डलरको) सेयर झोउकै रहेको छ ।

सन् २०२० मै सम्पर्क विहिन

यसबाहेक ज्याक माझैं सन् २०२० मा एक अर्का उद्यमी पनि सम्पर्क विहिन भएका थिए । गत मार्चमा मात्रै चिनियाँ ‘रियल स्टेट टाइकुन’ एवं ब्लगर रेन झिकियांग सम्पर्क विहिन भएका हुन् ।

कोरोना भाइरसको माहामारी नियन्त्रणका विषयमा चीन सरकारको विषयमा बोलेपछि उनी सम्पर्क विहिन भएका थिए ।चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य एवं कम्युनिस्ट पार्टीकै पूर्व अधिकारीका छोरा समेत रहेका रेनलाई जुलाइमा सीसीपीले पार्टीबाट निष्कासित गरेको थियो । त्यसपछि गत सेप्टेम्बरमा उनलाई भ्रष्टाचार र शक्तिदुरुपयोग गरेको भन्दै १८ वर्ष जेल सजाय तोकिएको थियो ।

चिनियाँ–क्यानेडियन ब्यापारी सम्पर्क विहिन

चिनियाँ लगानी समुह ‘टुमरो ग्रुप’का मालिक जिओ जिआनहुआ पनि सन् २०१७ म सम्पर्क विहिन भएका थिए । हङकङस्थित फोर सिजन होटेलबाट जिओ हराएका थिए । सीसीटिभी फुटेजबाट उनलाई चीनतर्फ लगिएको थाहा भएको थियो । उनी सम्पर्क विहिनभएसँगै उनको कम्पनी टुमरो ग्रुपका धेरै हिस्साहरु पछि चीन सरकारले नियन्त्रणमा लिएको थियो । क्यानेडामा समेत बिजनेस गर्दै आएका जोओ महिनौंसम्म सम्पर्क विहिन भएका थिए ।

यसरी निरन्तररुपमा धनाढ्य एवं ठूला उद्यमीहरुलाई चिनियाँ कम्युनस्ट पार्टीले गुमनाम बनाउँदै आएको छ । खासगरी सि चिनफिङ नेतृत्वको सरकारको बेलामा यी घटनाहरु बढ्दै गएका छन् । सन् २०१२ देखि सि चिनफिङले चीनको नेतृत्व गरेका थिए ।

मुख्यरुपमा बाहिरिएका यी घटनाहरु उदाहरण मात्रै हुन् । सि चिनफिङ नेतृत्वको सरकारले आफ्नो नियन्त्रणमा राख्नका लागि दर्जनौं उद्यमीहरुलाई यसरी नै गुमनाम पार्ने गरेको अनुमान छ ।

यसबाट चिनियाँ कम्युनिस्ट पार्टीले कुनै पनि व्याक्ति अथवा कम्पनीलाई आफ्नो नियन्त्रण बाहिर जान नदिने स्पष्ट हुने प्रिस्ट विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिलाका प्राध्यापक आरोन फ्रेडबर्ग बताउँछन् । 

चीनले यसरी गुमनाम पारेका व्याक्तिहरुमाथि के गर्छ भन्ने कुरा भने बाहिरिएको छैन । लामोसमयपछि सम्पर्कमा आएका ती व्याक्तिहरुले पनि आफुमाथि के भयो भन्ने कुरा सार्वजनीक गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ