arrow

ओली पक्ष नै विधानसम्मत : मुख्यमन्त्री गुरुङ

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
chifminister-subba-gurung.jpg

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जुन नेताले गैर राजनीतिक चरित्र देखाएका छन् उनीहरुले नै विधिको कुरा गर्न नसुहाउने बताएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी इन्चार्जसमेत रहेका गुरुङले संसदीय दलमा छलफल नगरी अविश्वासको प्रस्ताव ल्याउने प्रयास गर्नु नै गैरराजनीतिक र संसदीय दलको विधिको उल्लङ्घन भएको बताउँदै जसले विधि मान्दैन उसैले सडकमा गएर विधिको कुरा भन्न नमिल्ने बताए ।

शुक्रबार नेकपा जिल्ला कमिटी बागलुङले आयोजना गरेको जिल्ला भेलामा मुख्यमन्त्री गुरुङले राष्ट्रियताको पक्षमा उभिने, नाकाबन्दीको विरुद्धमा उभिने जनमत प्राप्त सरकारको प्रधानमन्त्रीविरुद्ध आफ्नै दलका नेता खनिनु भनेको राजनीतिक अराजकता र अनुशासनहिनता भएको टिप्पणी गरे ।

“समृद्धिको अभियान, दुई वर्षभित्र अल्पविकसित मुलुकलाई विकासशील मुलकमा लैजाने दृढ सङ्कल्पलाई विथोल्न आफ्नै पार्टीका नेताहरु लागे”, गुरुङले भने ।

मुख्यमन्त्री गुरुङले कार्यकर्ताहरुलाई सरकारले अपेक्षाकृतरुपमा समृद्धि हासिलतर्फ अगाडि बढेको बताउँदै हल्लाको र गुटको पछि नलागी मूल प्रवाहमा आउन आग्रह गरे ।

उनले ओलीपक्षनै विधानसम्मत रहेको बताएका छन् । मुख्यमन्त्री गुरुङले संसद् विघटन व्यवस्थालाई जोगाउन गरिएको र अदालतबाट संसद् पुनःस्थापना हुने कुरा न्यून रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ