arrow

ट्राफिक प्रहरीले लिएका लाइसेन्स तथा कागजात सिंहदरबार बृत्त र जनसेवाबाट पनि पाइने

logo
प्रकाशित २०७७ पुष २४ शुक्रबार
traffic-check-lockdown.jpg

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालकबाट लिइएका सवारी सम्वन्धि लाइसेन्स, बिलबुक लगायतका कागजात थप दुई कार्यालयबाट प्रदान गर्ने भएको छ। सो सेवा शुक्रबारबाट महानगरीय ट्राफिक प्रहरी बृत्त सिंहदरबार र महानगरीय ट्राफिक प्रहरी बृत्त जनसेवाबाट समेत सुरु गरिएको हो। सेवालाई थप प्रविधिमैत्री र सहज बनाउन उपत्यकाको २ वटा ट्राफिक कार्यालयहरुमा समेत सेवा विस्तार गरिएको महाशाखाले जनाएको छ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार सेवाग्राहीहरुलाई कागजपत्रहरु फिर्ता लिन सरल र सहज होस् भन्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको हो।

यसले सम्बन्धित क्षेत्रको ट्राफिक कार्यालयबाट नै कागजपत्रका प्राप्त गर्ने हुँदा महाशाखामा गएर लाईन बस्नुपर्ने झन्झटबाट सेवाग्राहीलाई फाइदा पुग्ने र समयको समेत बचत हुने  भट्टराईले जानकारी दिए।

नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात सेवाग्रहीले कागज पत्र पायक पर्ने स्थानबाट लिन सक्ने छन्। यसअघि सो सेवा महाशाखासहित महाराजगञ्ज, थापाथली, कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध, कोटेश्वर, भक्तपुर, नयां बसपार्क तथा गौशालाबाट समेत दिदैं आइएको थियो। तर मापसे, लेन र रात्तो बत्ती कारवाहीमा परेका कागजत्रहरू भने महाशाखावाट सचेतना कक्षा पश्चात महाशाखाबाट मात्रै लिन सकिने छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ