arrow

दुबईमा धुम मच्चाउँदै नेपाली तन्नेरीको ‘काभ्या’: मरुभूमीमा तयार पारे रक भिडियो

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
kavya2.jpg

काठमाडौं । विदेशमा करिब ७० लाख नेपाली बसोबास गर्छन । त्यसमध्ये खाडी मुलुकहरुमा नेपालीहरुको संख्या उच्च छ ।

खाडीका कतिपय सहर त ‘मिनी नेपाल’ जस्तै छन् । मलेसिया, साउदी अरब, दुवइलागयतका स्थानमा नेपालीहरुको बाक्लो बसोबास छ । ती स्थानहरुमा नेपाली संगीतको क्रेज उच्च छ । अष्ट्रेलिया, अमेरिका, युकेमा नेपाली गीत संगीतको पृथक माहोल छ ।

सांगीतिक कन्र्सटहरु बाक्लै आयोजना हुने गर्छन । कोरोना भाइरसको महामारी सुरु हुनुअघि नेपालका स्टार कलाकारहरु विदेश भ्रमणमै ब्यस्त रहन्थे । कन्र्सटमा धुलो उडाउँथे । प्रवासका नेपालीलाई खुबै मनोरन्जन दिन्थे । 
तर दुवइ सहरमा यतिबेला नेपाली युवाहरुले स्थापना गरेको ‘काभ्या ब्यान्ड’ले खुबै चर्चा कमाइरहेको छ । एलिन गदाल म्यानेजर रहेको ‘काभ्या ब्यान्ड’ले संगीतमा पृथक पहिचान बनाउँदै गएको छ ।

रोजगारीका सिलसिलामा दुवइ पुगेका रुपमा करिब सात भाई युवाले खोलेको यो ब्यान्ड मनोरन्जन प्रदान गर्नेमात्र नभइ पकेट खर्च जुटाउने माध्यम पनि बनेको छ ।

ब्यान्ड म्यानेजर तथा गायक एलिन गदाल भन्छन्,‘हामी अलिक फरक ढंगले प्रस्तुत भइरहेका छौं, भरसक नेपाली मात्र होइन विदेशीको पनि मन जित्ने अभियानमा छौं, आम्दानीको स्रोतका रुपमा ब्यान्डलाई अघि बढाइरहेका छौं ।’
यसै अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा ‘रात पछि दिन’ गीतको भिडियो पनि सार्वजनिक गरेका उनीहरुले नेपालीहरुको साथ पनि राम्रो पाइरहेका छन् ।

‘सबैले माया गर्नुभएको छ, हाम्रो प्रस्तुतीमा नेपालीपन पनि प्रशस्त भएकाले धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरु झुम्मिनु हुन्छ, ज्यादै खुशी लाग्छ,’एलिनले अनुभव सुनाउँदै भने,‘हामी रक गाउँछौं तर त्यहाँभित्र नेपालीपन खोज्छौं ।’
ब्यान्डको भोकलका रुपमा सुमन उदयले प्रस्तुती दिन्छन् । उनीहरुले सलिम सुलेमान र सुखविन्दर जस्ता स्टारहरुसँग स्टेज सेयर गर्न भ्याइसकेका छन् । 

त्यसबाहेक समिर स्याङबो र रोशन शर्मा लिड गिटारमा हुन्छन् भने निरभ मालाकार रिदम गिटारमा हुन्छन् । बेस गिटारमा विशाल राई र ड्रममा प्रदीप गुरुङले साथ दिएका छन् । टिम सानो छ तर चम्किलो छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ