arrow

'ह्याण्ड अप गड'ले ब्राजिल कोपाको पहिलो चरण बाटै बाहिरियो

अर्जेन्टिनाका म्याराडोनाले ईङल्याण्ड बिरुद्धको खेलमा हातले गोल गरेका थिए

logo
हाम्रा कुरा
प्रकाशित २०७३ जेठ ३१ सोमबार
Copa_Bra_Per.jpg.jpeg
काठमाडौं। अमेरिकामा जारी ४५औ कोपा अमेरिका प्रतियोगिताबाट ब्राजिल समुह चरणबाटै बाहिरिएको छ। सोमबार विहान भएको खेलमा पेरुसँग १-० ले पराजित भएको हो। ।
 
समुह वि अन्तर्गतको अन्तिम खेलमा पेरुका राउल रुइडायजले ब्राजिल विरुद्द हातले गरेको  गोललाई रेफ्रीले मान्यता दिएपछि ब्राजिल १–० गोल अन्तरले  पेरुसँग स्तब्ध हुन पुगेको हो । रुईडायजको गोललाई मान्यता दिने वा नदिने भन्नेमा केही समय रेफ्री र लाईन्सम्यान विच विचार बिमर्श भएको थियो। 
 
खेलको अवधिभर रक्षात्मक खेल खेलेको पेरुका लागि  ७५ औ मिनेटमा काउन्टर एट्याकमा उसका खेलाडी राउल रुइडायजले हातले गोल गरेका थिए।पहिले गोलको मान्यता  नदिएका रेफ्रीले विवाद बढेपछि उक्त हाते गोललाई मान्यता दिएका थिए। 
 
उनले थर्ड अफिसियलसँग बिचार बिमर्श गरेका थिए र थर्ड अफिसियलले गोलको निर्णय गरेका थिए। सायद अफिसियलले भिडियो रिप्ले हेरेको भए उक्त गोल स्विकृत गर्ने थिएनन्। 
 
सन् १९८६को विश्वकपको क्वार्टरफाईनल खेलमा अर्जेन्टिनाका म्याराडोनाले ईङल्याण्ड बिरुद्धको खेलमा हातले गोल गरेका थिए जुन गोललाई 'ह्याण्ड अफ गड'का रुपमा चर्चित रहेको छ। 
 
पेरु र ब्राजिल बिचको खेलमा भएको हाते गोललाइ मान्यता दिंदा दोस्रो 'ह्याण्ड अफ गड'का रुपमा विश्वभर चर्चा रहेको छ। 
 
रेफ्रीको गलत निर्णयले ब्राजिल कोपा अमेरिका बाट बाहिरिनुका साथै को डुङ्गाको भविष्य पनि अनिश्चित रहेको छ।ब्राजिलमा डुङ्गाको रणनितीलाई लिएर आलोचना भैरहेको थियो। 
 
प्रमुख स्ट्राईकर नेयमार बिना कोपामा उत्रेको ब्राजिलले प्रतियोगिताका खेलहरुमा आफ्नो नाम अनुसारको प्रदर्शन गर्न सकेको थिएन।  औषत खेल प्रदर्शन गरेको ब्राजिललाई विश्वकपमा छनौट हुन पनि कडा मिहिनेत गर्नु पर्ने छ। 
 
खेल अवधिभर पेरुले ब्राजिलको निरन्तर आक्रमणलाई बिफल तुल्याएको थियो। पेरुको रक्षात्मक पंक्तिका खेलाडीहरुले उत्कृष्ट बचाउ गरेका थिए। ब्राजिलले गोल गर्ने केही राम्रा संभावनाहरुलाई पेरुले बिफल तुल्याएको थियो।
 
बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन नसके पछि  अन्तत उक्त विवादस्पद गोल नै ब्राजिलको क्वाटरफाइनल पुग्ने सपना समाप्त पार्न पर्याप्त रह्यो। क्वाटरफाइनल  पुग्नको लागि उक्त खेलमा ब्राजिललाइ कम्तिमा बराबरीको नतिजा चाहिएको थियो। यो जित सँगै पेरु ७ अंक जोड्दै  समूह "बि" को विजेताको रुपमा क्वाटरफाइनलमा प्रवेश गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ