arrow

प्रधानमन्त्री ओलीको गृहनगरमा ‘बयलगाडा’ जुलुस 

logo
युवराज रेग्मी
प्रकाशित २०७७ पुष २५ शनिबार
jhapadamak.jpg

झापा । ओली सरकारको असंबैधानिक कदम बिरुद्ध नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा विरोध प्रदर्शन गरेको छ ।

झापा क्षेत्र नम्बर ५ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’अन्तर्गत पर्ने ओलीको गृहनगर दमकमा कांग्रेसले ‘बयलगाडा’ जुलुस निकाल्दै विरोध प्रदर्शन गरेको हो ।

ओलीले चालेको असंवैधानिक कदम र प्रतिनिधिसभा विघटन विरुद्ध सडक संघर्षमा उत्रेको कांग्रेसले ओलीको गृह जिल्ला झापाका १० वटै स्थानमा विरोध प्रदर्शन गरेको छ।

ओलीलेले ०६२/६३ मा सडकमा गणतन्त्रको नारा लागिरहँदा आन्दोलनप्रति कटाक्ष गर्दै ‘बयलगाडा चढेर अमेरिका नपुगिने’ भनेका थिए । त्यसको सांकेतिक बिरोध स्वरुप उनको गृह नगर दमकमा बयलगाडा जुलुस निकालिएको हो ।

कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले बयलगाडा जुलुस निकालेर प्रतिकात्मक विरोध गर्नुका साथै आफुहरुले प्रधानमन्त्रीलाई सचेत गराएको बताए। नेपाली कांग्रेस दमक नगर समितिको पार्टी कार्यालयबाट सुरु भएको जुलुस दमकको नमुना बजारमा पुगेर सम्पन्न भएको थियो ।

बयलगाडासहित निस्किएको बिरोध जुलुस नगरका ठाउँ ठाउँमा कोणसभा गर्दै नमुना बजार पुगेको थियो । कोणसभालाई कांग्रेस पूर्व झापा जिल्ला सभापती पुर्णानन्द शर्मा, महासमिति सदस्यहरु सुरेश सुब्बा, शेरबहादुर भट्टराई, दिलबहादुर बुढाथोकी, क्षेत्रीय सभापती ढुण्डीराज भण्डारी, नगर सभापती रोशन विष्ट, महिला संघ क्षेत्रीय सभापती रेगिना भट्टराई , लगायतले सम्बोधन गरेका थिए।

हाल सरकारको चाल बयलगाडा जस्तो भएको आरोप लगाउँदै बक्ताहरुले प्रतिकात्मक रुपमा प्रदर्सनमा आफूहरु बयलगाडा लिएर उत्रिनुपरेको बताए । साथै  वर्तमान सरकारले संसद बिघटन गरेर असंबैधानिक कदम चालेको भन्दै उक्त गलत कदमलाई अदालतले सच्याउनु पर्ने बताएका थिए ।                                

सरकारले आफ्नो जिम्मेवारी बिर्सिदा भ्रष्टाचारले सीमा नाघ्नुका साथै महंगीले नागरिक आक्रान्त भइरहेको अवस्थामा संसदनै बिघटन गरेर नागरिकहरुलाइ सडकमा आउन बाध्य पारेको बताए  ।

त्यस्तै प्रदेस सभा निर्बाचन छेत्र ५ (क) को निर्बाचन क्षेत्र अन्तर्गत गौरिगन्ज गाउँपालिकाको बजारचोकमा पनि बिरोध कार्यक्रम सम्पन्न भएको छ ।        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ