arrow

माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्गबीच सम्झौता

logo
प्रकाशित २०७७ पुष २५ शनिबार
mbl-sipradi-mou.jpg

काठमाडौं। माछापुच्छ्रे बैंक र सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुले टाटा ब्रान्डका कर्मसियल र सेमि कर्मसियल सवारी खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रालिको तर्फबाट अध्यक्ष राजन बाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए।

सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रालिका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँ कर्मसियल र सेमि कर्मसियल सवारी खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्ने  बैंकले जनाएको छ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना  एक सय ६० वटा शाखाहरु, एक सय ४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३ सय १३ स्थानमा रहेका सेवा सञ्जाल तथा एक सय ९९ वटा एटीएमहरु तथा एक हजार भन्दा बढि पिओएसबाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरेको बैंकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ