arrow

कोरोना भाइरसबाट आइतबार बिहानै दुई महिलाको मृत्यु

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
corona-killed-final.jpg

नेपालगञ्ज । कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ । रोल्पाको लिवाङ नगरपालिका वडा नम्बर ४ की ४२ बर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको हो । 

त्यस्तै दाङको बबई गाउँपालिका वडा नम्बर ६ की ८० बर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा आइतबार बिहान ६ः३० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका ८२ जनाको कोरोनाबाट मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ