arrow

भारतबाट ल्याइएको अवैध १२ क्विन्टल माछा नेपालगञ्जमा बरामद

logo
सौरभ गिरी,
प्रकाशित २०७७ पुष २६ आइतबार
dilli-bahadur-khadka-inspec.jpg

नेपालगञ्ज । नेपालगन्जको वडा प्रहरीले कार्यालयले ठूलो परिमाणको अवैध भारतीय माछा बरामद गरेको छ। नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्लीबहादुर खड्काको नेतृत्वमा गएको टोलीले राति १ बजे भारतबाट कपिलवस्तु हुँदै सुर्खेतका लागि लैजाँदै गरिएको माछाको गाडी नेपालगञ्ज आएको अवस्थामा उक्त गाडीमा रहेको अवैध १२ क्विन्टल माछा बरामद गरेको हो ।

बरामद गरिएका अवैध माछालाई शनिबारै क्वारेन्टाइन कार्यालय बुझाइएको प्रहरीले जानकारी दिएको छ। उक्त १२ क्विन्टल अवैध माछाको खरिद प्रक्रियाको कागजात नमिलेको प्रहरीले बताएको छ। प्रहरी निरीक्षक खड्काको यो कार्यप्रति बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले स्याबासीसमेत दिएका छन् ।

माछा बरामद भएपछि प्रजिअ कुरुम्बाङले भारतबाट अवैध माछा भित्रिदा जिल्लाका स्थानीय माछा व्यापारी धराशायीमा परेको अवस्थामा माछा बरामद बारेमा प्रजिअ कुरुम्बाङले सराहनीय कार्य भएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ