- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
बेलबारी । मोरङको बेलबारीमा शनिवार सम्पन्न स्व. संजोग स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि रारा फुटबल क्लब राजारानी धनकुटाले जितेको छ ।
बेलबारी ३ को खेल मैदानमा शनिबार सताक्षी स्पोर्टिङ क्लब झापालाई पराजित गर्दै राजारानीले उपाधि जितेको हो । निर्धारित समयसम्म कुनैपनि गोल हुन नसकेपछि ट्राइबेकरमा पुगेर खेल निर्णायक भएको थियो ।
बेलबारी फुटबल क्लबको आयोजनामा पुस १६ गतेदेखि संचालित प्रतियोगिताको विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ, मेडल र ट्रफी पाएको थियो ।
उपविजेता टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ, मेडल र ट्रफी पायो ।