arrow

बाँकेका चालक र सहचालकको नि:शुल्क आँखा जाँच

logo
सौरभ गिरी,
प्रकाशित २०७७ पुष २६ आइतबार
banke-traffic.jpg

कोहलपुर (बाँके )। जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रम गरेको छ। ट्राफिक प्रहरी बाँकेको आयोजना तथा फत्तेबाल आँखा अस्पताल,नेपाल प्रहरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजको प्राबिधिक सहयोगमा आइतबार कोहलपुरमा सवारी चालक तथा सह-चालकलाई नि:शुल्क स्वास्थ्य एबम आँखा जाँच कार्यक्रम राखेको  हो।    

सवारी दुर्घटना न्यूनिकरणका लागि गरिएको नि:शुल्क स्वास्थ्य जाँच कार्यक्रममा २२२ चालक र सह-चालकको स्वास्थ्य तथा आँखा जाँच गरिएको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजु भण्डारीले बताए। स्वास्थ्य जाँचका क्रममा २ जनालाई ब्लड प्रेसर हाई र ३ जनालाई दूरदृस्टी समस्या रहेको चिकित्सकहरुले बताएका छन्।

त्यस्तै आँखा जाँचका क्रममा ८० जनालाई आँखा सम्बन्धी एलर्जी देखिएको थियो। समस्या देखिएका सबै चालक र सह-चालकलाई अहिलेको लागि सामान्य औषधी दिई विशेषज्ञ चिकित्सकलाई देखाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। ट्राफिक प्रहरीले आयोजना गरेको स्वास्थ्य तथा आँखा जाँच कार्य प्रती सवारी चालक एबम सह-चालकहरुले ट्राफिक प्रहरी बाँकेलाई धन्यवाद समेत दिएका छन् ।

समय समयमा यस्तो खाले कार्यक्रम गरिरहन समेत उनिहरुले ट्राफिक प्रमुख भण्डारीलाई अनुरोध गरेका छन् । चालक र सह-चालक स्वस्थ भएमा यात्रुहरु आफ्नो गन्तव्यमा सहि तरिकाले पुग्ने भएको हुँदा आज यो कार्यक्रम गरेको ट्राफिक प्रमुख भण्डारीले बताए। यस्तै ट्राफिक प्रमुख भण्डारीले आगामी दिनमा बिशेष गरेर सवारी चालकका लागि आँखा विशेषज्ञ नै ल्याएर आँखा जाँच कार्यक्रम राख्ने योजना रहेको बताए। स्वास्थ्य जाँचमा प्राबिधिक सहयोग गर्ने सबैलाई बाँके ट्राफिकले धन्यवाद ज्ञापन गरेको छ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख भण्डारी, प्रहरी नायब निरीक्षक पशुपति नाथ, ट्राफिक तथा नेपाल प्रहरी लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो। स्वास्थ्य जाँच कार्यक्रममा बागेश्वरी टेन्ट हाउस नेपालगन्ज र न्यू सर्जिकल हाउस कोहलपुरको समेत सहयोग रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ