arrow

ट्राफिक जामदेखि 'डिभोर्स' सम्म सुजैन ऋतिकको प्रेम

logo
प्रकाशित २०७७ पुष २६ आइतबार
hrithik-sussanne2.jpeg

काठमाडौं । 'मोस्ट ह्यान्डसम मेन इन द वर्ल्ड' को उपाधि जितेका बलिउड अभिनेता ऋतिक रोशन आफ्नो शानदार अभिनयका लागि परिचित छन् ।  शारीरिक सुगठन र सुन्दर रहेका कारण उनलाई धेरै महिलाहरुले मनपराउछन् । १० जनवरी १९७७ मा जन्मिएका ऋतिक यस पटक आफ्नो ४७ औं जन्मदिन मनाउँदै छन। यद्यपि ४७ वर्षको उमेरमा पनि ऋतिक २५ बर्ष उमेरका केटाहरू भन्दा सुन्दर छन् ।

 ऋतिकले बलिउडका धेरै फिल्महरूमा अभिनय गरिसकेका छन्, तर मिडियामा उनी आफ्नो फिल्महरू भन्दा सम्बन्ध विच्छेदलाई लिएर चर्चामा रहे । २०१४ मा जब ऋतिक र सुजैनको सम्बन्ध विच्छेदको खबर अचानक छायो, प्रशंसकहरू छक्क परे।  सन् २००० मा बलिउड डेब्यू गरेका  ऋतिकले सोहि वर्षको डिसेम्बरमा आफ्नो प्रेमिका सुजैनसँग विवाह गरेका थिए । पहिलो फिल्मदेखि नै ऋतिकले ठूला कलाकारहरूबिच आफुलाई स्थापित गरेका थिए। पहिलो फिल्म रिलीज भएपछि ३० हजार युवतीले ऋतिकलाई विवाहको लागि प्रस्ताव राखेका थिए । २०१४ मा ऋतिक र सुजैनको सम्बन्ध विच्छेद भयो ।

 ऋतिक र सुजैनले एक अर्कालाई धेरै माया गर्थे र उनीहरूले प्रेम विवाह गरे। दुवैको प्रेम कहानी एक ट्राफिक लाइटबाट शुरू भएको थियो। दुबै आआफ्नो कारमा बसिरहेका थिए र जाममा फसेकमा थिए। ऋतिकले पहिलो नजरमै सुजैनलाई मन पराए । ऋतिक कुनै तरिकाले सुजैनसँग परिचित भए र छोटो भेट पछि दुवै प्रायः डेटमा जान थाले। दुई वर्षपछि उनीहरूदे विवाह गरे।

विवाह पछि, ऋतिक र सुजैनलाई बलिउडका उत्कृष्ठ जोडीहरूमा गणना गरिन्थ्यो। यद्यपि, दुवैको सम्बन्ध १४ बर्ष पछि अन्त्य भयो। दुवैको सम्बन्ध विच्छेदको वास्तविक कुरा बाहिर आएन । समाचारका अनुसार सुजैन अर्जुन रामपालको नजीक आइन् त्यसैले उनीहरू दुवैले सम्बन्ध विच्छेद गरे भनियो भने अर्को फिल्म 'काइट्स' मा ऋतिक र बार्बरा मोरीको नजिकपन बढेपछि ऋतिक र सुजैनको सम्बन्ध टाढा भएको बताइन्छ।

यद्यपि कारण जेसुकै भए पनि दुवैले आपसी सहमतिबाट छुट्टिने निर्णय गरेका थिए। यस सम्बन्ध विच्छेद पछि ऋतिकले सुजैनलाई ३८० करोड भारतीय रुपैयाँ दिए। सम्बन्ध विच्छेदको यो रकमले प्रशंसकहरूलाई चकित बनायो। दुबै सम्बन्ध विच्छेदलाई उद्योगको सबैभन्दा महँगो सम्बन्ध विच्छेदको रूपमा लिइन्छ। आज ऋतिक र सुजैन एक अर्काबाट छुट्टिएका छन्, तर पनि उनीहरूबिच राम्रो मित्रता रहेको छ ।  ऋतिक प्रायः उनको पूर्व पत्नी र बच्चाहरूसंग रमाईलो गरिरहो देखिन्छन्। उनीहरुको दुई सन्तान छन् ।  उनीहरु कहिलेकाँही लन्च खाने क्रममा त कहिले फिल्म हेर्न जाँदा एकैसाथ देखिने गर्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ