arrow

निद्रा परेन डा शोभाकर पराजुलीलाई 

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
shovakar-parajuli.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शोभाकर पराजुलीलाई निद्रा नपरेको छट्पटी व्यक्त गरेका छन् । उनले सामाजिक संजाल फेसबुकमा आफू मध्यरातमा ब्यूँझिरहेको सन्दर्भ जोडेर आफूलाई निद्रा नपरेको उल्लेख गरेका हुन् । 

पद्य शैलीमा पाँच लाइन लेख्दै उनले आफू जति नै बेला पनि ब्यूँझिरहेको कुरा उल्लेख गरेका छन् । 

उनी आफू ननिदाएको वर्षौं भइसकेको समेत उल्लेख गरेका छन् । यसले नेपालमा अझै शान्ति नआएकोे, परिवर्तनले लय पकड्न नसकेको लगायतका अड्कल लगाउन सकिन्छ । 

उनी लेख्छन्, ‘कैंयौं बर्ष बिते नित्य मध्यरातमा म ब्यूँझिरहें 
खै के के खोज गरें कुन्नि तर पनि म ब्यूँझिरहें 
उहापोहकै अवस्थामा रित्तिए सारा उपलब्धिहरु 
नियमितता पो भएछ अब त अझै पनि ब्यूँझिरहें  
नशाले चूर भएजस्तो लाग्छ एक्लै तर म ब्यूँझिरहें ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ