arrow

विद्यार्थीमाथि उपकुलपतिको निर्देशनमा आक्रमण, वर्वरताविरुद्ध उत्रियो नेविसंघ

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
nebisangh-attack.jpg

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय, सुर्खेतका इन्जिनियरिङ्ग संकायका विद्यार्थीहरुमाथि लाठी बर्सिएको छ । आफ्ना शैक्षिक मागहरु राखी विश्वविद्यालयको केन्द्रीय कार्यालयमा शान्तिपूर्वक धर्ना दिइरहेका विद्यार्थीका जायज शैक्षिक मागहरुको सुनुवाई गर्नुको सट्टा उपकुलपतिको ठाडो निर्देशनमा प्रहरी परिचालन गरी आइतबार साँझ विद्यार्थीहरुमाथि अन्धा धुन्द लाठी चार्ज गर्दै अश्रु ग्याँस प्रहार तथा हवाइ फायरिङ्ग भएको हो । 

उक्त घटनामा परी मध्य पश्चिम विश्वविद्यालय स्व वि यू सदस्य तथा विद्यार्थी नेता रोशन बस्नेत, नेविसंघका नेताहरु तर्कराज शाही, लक्ष्मण बोगटी, राजन के सी, विवेक खड्का एवं न्युटन वली घाइते भएका छन् । 

उक्त घटनाको विद्यार्थीहरुको संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघले उक्त घटनाको घोर निन्दा तथा भत्सर्ना गरेको छ । 

नेविसंघका अध्यक्ष राजिव ढुंगानाले प्रेस विज्ञप्ति जारी गर्दै घटना घाइते भई अस्पतालमा भर्नारत विद्यार्थी नेताहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 

विज्ञप्तिमा भनिएको छ, ‘विद्याको पवित्र मन्दिरमा आफ्ना शैक्षिक मागहरु उपकुलपति समक्ष प्रस्तुत गर्न जाँदा तिनै उपकुलपतिको ठाडो आदेशमा विद्यार्थीहरु माथि यस प्रकारको वर्वर दमन हुनु जति निन्दनीय छ, त्यति नै लज्जाजनक पनि छ ।’

नेविसंघले ‘राजनैतिक अभिष्ट पूरा गर्न प्राज्ञिक पदहरु हत्याउने अनि विश्व विद्यालयको शैक्षिक उन्नयनका लागि भन्दा शासक बनी विद्यार्थीलाई तर्साउने एवं विश्व विद्यालयलाइ भर्ति केन्द्र र कमाउ अखडा वनाउन लागि पर्ने पात्रहरू विश्वविद्यालयका निम्ति मात्र हैन समाज कै निम्ति कलंक हुन्’ भनी ‘यस्ता पात्रको वहिर्गमन अवश्यम्भावी छ’ भनेको छ । 

ढुंगानाले विद्यार्थीहरु माथिको वर्वर दमनमा संलग्नहरुलाई कडा कानुनी कार्वाही गर्न माग गर्दै अन्यथा विद्यार्थीहरु आफै कार्वाही  गर्न वाध्य हुनेसमेत चेतावनी दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ