arrow

प्रेमिको एक चुम्बनले प्रेमिकाको ज्यान चैट

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
एजेन्सी । के तपाईले  चुम्बनले  मानिसको ज्यान गएको सुन्नु भएको छ ? क्यानडामा चुम्बन गर्दा प्रेमिकाले  ज्याननै गुमाउनु परेको समचार छ । प्रेमिले उनलाई चुम्बन गर्दा मृत्यु भएको हो । 
 
२० बर्षीय मिरियमलाई पीनट्स (बदाम) देखि एलर्जी थियो। चुम्बन गर्नु पहिले मिरियमको प्रेमिले पीनट बटर भएको स्यान्डविच खाएका थिए । सो कारण मिरियमको मृत्यु भएको जनाइएको छ ।  मिरियमलाई उनका प्रेमि डुक्रेले  एक पार्टी चुम्बन गरेका थिए । चुम्बनको केहि मिनेटमै मिरियमको स्वस्थ्यमा खराबि देखिएको थियो ।
 
 मिरियमले प्रेमिलाई पीनट्सको बारे पनि सोधेकि थिइन् । उक्त समय  मिरियमसँग ईपिपेन पनि थिएन जसको प्रयोग  एनेफाईलेक्सिसको इमरजेन्सी ट्रीटमेन्टमा गरिन्छ  । प्रेमिले मरियमलाई तुरुन्तै अस्पताल पुर्‍याए । डाक्टरले मिरियमलाई बचाउन थुप्रै कोशिस गरेता पनि  सेरेब्रल एनोक्सियाको कारण उनको मृत्यु भयो । मिरियमको मस्तिष्कमा अक्सीजन प्रवाह हुन बन्द भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ