arrow

मधेस आन्दोलन संवेदना गुमाउँदै, सुनसरीमा सिकिस्त विरामी बोकेको एम्बुलेन्समा तोडफोड–चालक गम्भीर, जनकपुरमा बम विष्फोट

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1963969243.jpeg
विराटनगर । संविधान संशोधन तथा सीमाङ्कनको विषयलाई लिएर तराई मधेसमा जारी आन्दोलनको सय दिन पूरा भएको छ । विहिबार मात्र औषधी र अत्यावश्यकिय सामग्री आयात गर्न दिने निर्णय गरेको संयुक्त मधेसी मोर्चाको आन्दोलन थप हिंसात्मक बन्दै गएको छ । मोर्चाले निर्णय गरेको केही घण्टामै आगजनी लगायतका गतिविधिमा उत्रिएका मोर्चा कार्यकर्ताले शुक्रबार र शनिबार वितण्डा मच्चाएका छन् । 
 
मानवीय संवेदनमाको ख्यालै नगरी मोर्चा कार्यकर्ताहरुले हिंसात्मक गतिविधि तिब्र पारेका छन् । विहिबार राति औषधिको ट्रकमा पेट्रोल बम प्रहार गरी आगजनी गरेका मोर्चा कार्यकर्ताले शुक्रबार अन्य सवारी साधनमा समेत आगजनी गरे । उनीहरुले विरामी भित्रै थुनेर एम्बुलेन्स तोडफोड गर्ने सम्मको हर्कत गरे । शनिबार उनीहरुले हिंसात्मक गतिविधिलाई अझ सशक्त पारे । मोर्चाका कार्यकर्ताले शनिबार सुनसरीको दुहबीमा अक्सिजनसहित सिकिस्त बिरामी बोकेको एम्बुलेन्समा आक्रमण गरे । 
 
आक्रमणमा परी चालक आनन्द बिकको टाउको फुटेको छ । उनको अवस्था चिन्ताजनक छ । विराटनगरको सिटी अस्पतालबाट रिफर गरिएका एक सिकिस्त बिरामीलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजानेक्रममा को १ च ४६१५ नम्बरको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले ढुंगामुडा प्रहार गरेका थिए । उनीहरुले शुक्रबार पनि मोरङको रंगेलीबाट विराटनगर आउँदै गरेको को १ च ७३७९ नम्बरको एम्बुलेन्सलाई कटहरी–४ मा आक्रमण गरेका थिए ।
 
जनकपुरमा बम विष्फोट
जनकपुरको पिपरिया–४,माइस्थानमा ‘टिफिन क्यारियर’मा राखेको बम बिस्फोट हुँदा एकजना गम्भिर घाइते भएका छन् । घाइते हुने सिरहा, गौरीपुर–९ का १८ वर्षीय श्रवणकुमार यादव हुन् । उनी नरेश यादवको घरमा डेरा गरी बस्दै आएका थिए । यादवको कोठा बाहिर कसले बम राख्यो भन्नेबारे अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।
 
श्रवणका साथीले कुनै अज्ञात व्यक्तिले छोडेर गएको टिफिन उचाल्दा बम बिस्फोट भएको बताए । गम्भीर घाइते यादवको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
 
सुनसरीमा प्रहरी र आन्दोलनकारीबीच झडप
सुनसरीको दुहबी भलुवा नगरपालिकामा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परी तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । बृहत नागरिक समाजले सुनसरी जिल्लालाई टुक्र्याउन नहुने माग गर्दै निकालेको सदभार्व यालीमा मधेसी मार्चाका कार्यकर्ताले ढुंगामुढा गरेपछि झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास, ६ राउन्ड बढी हवाई फायर गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ