arrow

आयरल्याण्ड र स्वीडेनबीच कडा प्रतिस्पर्धा

logo
प्रकाशित २०७३ जेठ ३१ सोमबार
Ireland-vs-Sweden.jpg.jpeg
काठमाडौं । आयरल्याण्ड र स्वीडेन हाल सम्म ६ पटक आमने सामने भएका छन् । जसमा २ पटक युरोकपमा एक अर्काविरुद्ध भिडेका छन्। ६ मध्ये ४ खेलमा स्वीडेन  विजयी भएको छ, भने २ खेल बराबरीमा सकिएको छ। युरोकप अन्तरगतको २ खेलमा १  खेल स्वीडेनले जितेको छ भने १ खेल बराबरिमा सकिएकोछ । जसले आज राति हुने खेल प्रतिस्पर्धात्मक हुने देखिन्छ । 
 
युरो अघाडीको मैत्रीपुर्ण खेल
आयरल्याण्ड १–१ नेदरल्याण्ड
आयरल्याण्ड १–२ बेलारुस
स्वीडेन ३–० वेल्स
स्वीडेन ०–० स्लोभेनिया 
 
आयरल्याण्ड
युरोकप छनोट चरणको समूहमा तेस्रो स्थानमा रहँदै प्ले अफमा बोज्निया हर्सगोभिनालाई समग्रमा ३–१ ले हराउँदै यो पटकको युरोकपको टिकट काटेको हो । यसअघि २ पटक युरोकप खेलेको यो टोलीले समूह चरण पार गर्न सकेको छैन। जोन वाल्टर्स, रोबी कीन, डेभिड मिलर, सेमस कोलमन, शे ग्लेभेन र स्टेफेन वार्ड उसका प्रमुख  हतियार हुन् । 
 
स्वीडेन
ज्लातान इब्राहमोभिचको प्रेरणादायी कप्तानी तथा प्रदर्शनमा रहेको यो टोलीको यो युरोकपमा प्रदर्शन कस्तो हुनेछ भन्ने कप्तानकै प्रदर्शनमा निर्भर हुनेछ । आफ्नो एक्लो प्रयासले राष्ट्रलाई युरोकप खेलाउने क्रममा स्वीडेन प्ले अफको बाटो हुँदै यो युरोकपमा आइपुगेको हो । छैटौं युरोकप खेल्ने तरखरमा रहेको यो टोलीले हालसम्म २ पटक क्वार्टरफाइनल सम्मको यात्रा गरेको छ । टोली मर्कस बर्ग, सेबेस्टियन लार्जन, आन्द्रेज ग्रान्कभिष्ट, आन्द्रेज आइजेक्सन तथा ज्लातान इब्राहमोभिच मा निर्भर रहने छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ