arrow

स्रोत नखुलेको ३७ लाखसहित एक जना पक्राउ

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
money.jpg1.jpeg

काठमाडौं । प्रहरीले चितवनबाट काठमाडौं आउँदै गरेका एक व्यक्तिबाट स्रोत नखुलेको ३७ लाख नेपाली रुपैयाँ बरामद गरेको छ ।  

प्रहरीले सोमबार विहान काठमाडौंको नागढुंगाबाट स्रोत नखुलेको नगद ३७ लाख रुपैयाँसहित चितवन माडीका २६ वर्षीय रामकुमार गुरुङलाई पक्राउ गरेको हो । उनी बा ३ ख ९१३९ नम्बरको माइक्रोबसबाट काठमाडौं आउँदै थिए ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार उनको साथबाट सात लाख ११ हजार रुपैयाँको ग्लोबल आईएमई बैंकको एकथान चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नगरिएको अर्को चेक समेत बरामद भएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको नगद र चेकसहित फेला पारी पक्राउ गरेको हो ।

उनले के प्रयोजनका लागि सो रकम ल्याएका थिए भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ