arrow

सातवटा प्रस्तावहरू पारित गर्दै शिखर नगरपालिकाको नगरसभा सम्पन्न

logo
प्रकाशित २०७७ पुष २७ सोमबार
nagarsava.JPG

डोटी । शिखर नगरपालिकाको आठौँ नगरसभा सोमबार सम्पन्न भएको छ । विभिन्न सातवटा प्रस्तावहरू पारित गर्दै नगरसभा सम्पन्न भएको हो छ ।

सभाले अर्धवार्षिक आर्थिक एबम भौतिक प्रगतीको समिक्षा गर्ने, अर्थ सम्बन्धी पुरक अनुमान स्वीकृत गर्ने, कार्यपालिकाको बैठकका सम्पूर्ण निर्णयहरू अनुमोदन गर्ने, प्रोत्साहन भत्ताको व्यवस्था लगायतका प्रस्तावहरू पारित गरेको छ ।

यस्तै  ‘योजना तथा निर्माण मापदण्ड-२०७७’ र ‘शिखर नगरपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण ऐन-२०७७’ पारित गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ