arrow

रोगबेला दुईपटक भएको यस्तो हुनेछ मंगलबारको दिन 

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७७ पुष २८ मंगलबार
rashifal-horoscope.jpg

आजको पञ्चांग
आज मिति २०७७ पुस २८ गते मंगलबार, इस्वीसंवत जनवरी ११ तारिख सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । हेमन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषकृष्णपक्ष चलिरहेको छ ।

सौरमान अनुसार आज पौषकृष्णपक्षको चतुर्दशी तिथि रहनेछ । आज मूल नक्षत्र, विष्कुम्भादि योगमा व्याघात, करणमा चतुष्पद, आनन्दादि योगमा छत्र रहनेछ ।

सूर्य धनु राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २६ घटि १२ पला अर्थात १० घण्टा २९ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर ५८ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ बजेर २७ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेषः
समय राम्रो रहने छैन । स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ । अवसरका लागि केही त्याग गर्नुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ । तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ । मेष राशिका लागि शुभअंक १ र ११, शुभरंग रातो, स्वामी राशि मंगल ग्रह, मित्रराशि मिथुन र कुम्भ, शसभ दिशा पूर्व, धारण गर्ने रत्न मुगा हो । मेष राशि भएका व्यक्तिहरूले प्रत्येक मंगलबार पूजा तथा आराधना गरी गणेश भगवानलाई खुसी बनाउन सके कामहरू समयमा नै सम्पन्न हुनेछन् । यो राशिका मानिसले साइत हेरेर मुसुरोको दाल दान गर्नु शुभ मानिन्छ ।

वृषः केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्नेछ । सहयोगीको भरपर्दा काम बिग्रन सक्छ । विश्वास नलागेको काम समेत बन्न सक्छ । छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । वृष राशिका लागि शुभअंक ४ र १२, शुभरंग नीलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि कर्कट र मीन, शुभ दिशा दक्षिण, धारण गर्ने रत्न हीरा हो । वृष राशि भएका व्यक्तिहरूले मंगलबार गणेशजी, शनिबार भैरवजी र सोमबार शिवजीको दर्शन गर्नाले राम्रो हुनेछ । प्रत्येक दिन गाईलाई रोटी र परेवालाई चारो दिनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

मिथुनः समय शुभ छ । व्यापार बढ्नुका साथै व्यवसायमा लाभ हुनेछ । आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन् । भौतिक साधन जुट्नाले पनि आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । प्रेमको बन्धन कसिनेछ । अतिथिका रूपमा सत्कार प्राप्त हुनेछ । दिनमा २ बजेपछि भौतिक सुविधाले खर्च निम्त्याउन सक्ने पनि देखिन्छ । मिथुन राशिका लागि शुभअंक १ र ५, शुभरंग हरियो र खैरो, स्वामी राशि बुध ग्रह, मित्र राशि मेष र सिंह, शुभ दिशा पश्चिम, धारण गर्ने रत्न पन्ना हो । यस राशि भएका व्यक्तिले प्रत्येक दिन आफ्नो इष्टदेवको पूजा र हनुमानजीको दर्शन गर्नाले ग्रहपीडा कम हुनेछ । प्रत्येक बुधवार निमुखा प्राणीहरूलाई आहार दिनाले कार्यमा सफलता मिल्नुका साथै भाग्यमा वृद्धि हुनेछ । प्रतिकूल समयमा शनिको मन्त्रजप गर्नाले पनि लाभ मिल्नेछ ।

कर्कटः समय राम्रो छ । स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । चुनौती पन्छाएर काम बनाउन सकिने छ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ । प्रतिकूल समयमा पनि केही काम सम्पादन हुनेछन् । कर्कट राशिका लागि शुभअंक २ र ६, शुभरंग सेतो, स्वामीराशि चन्द्रमा ग्रह, मित्र राशि वृष र कन्या, शुभ दिशा उत्तर, धारण गर्ने रत्न मोती हो । कर्कट राशि भएकाहरूले बंगलामुखी देवीको पूजा, आराधना, शनिबार विष्णुको पूजा र पीपलमा जल चढाउँदा लाभ मिल्नेछ । सोमवार शिवालयमा विशेष पूजा गर्नुहोला र सोमवारकै दिन शाकाहारी रहनु भयो राम्रो हुनेछ ।

सिंहः समय खराब छ । सानातिना काममै अलमलिनाले ठूलो उपलब्धि गुम्न सक्छ । लोकाचारका पछि लाग्दा अरूले फाइदा उठाउन सक्छन् । पुराना कामको चर्चा भए पनि नयाँ अवसरका लागि निकै मेहनत गर्नुपर्ला । साथीभाइका कारण सामाजिक कार्यमा तनाव बढ्नेछ । लगनशील भए पनि काम अधूरै रहनेछ । सिंह राशिका लागि शुभअंक ३ र ७, शुभरंग गुलावी र हल्का रातो, स्वामीराशि सूर्य ग्रह, मित्र राशि मिथुन र तुला, शुभ दिशा पूर्व, धारण गर्ने रत्न माणिक्य हो । सिंह राशि भएकाहरूले वृहस्पति ग्रहको दोष शान्त पार्न शिवजी, सबै अनिष्ट शान्त पार्न आफ्ना इष्टदेवको पूजा–आराधना गर्नुहोला ।

कन्याः समय शुभ छैन । आँटेको काम केही समस्या देखिएको छ । साथीभाइसँगको असमझदारी बढ्न सक्नेछ  जसले दिगो योजना बनाउन समस्या पर्नेछ । अरूको व्यवहारले शंका उब्जाए पनि शुभचिन्तकहरूको साथ प्राप्त हुनेछ । आज टाढाको यात्रा पनि नगर्नुहोला । कन्या राशिका लागि शुभअंक ४ र ६, शुभरंग हरियो र हल्का रातो, स्वामीराशि बुध ग्रह, मित्र राशि कर्कट र वृश्चिक, शुभ दिशा दक्षिण, धारण गर्ने रत्न पन्ना हो । कन्या राशि भएकाहरूले भगवान गणेशको पूजा गर्नु लाभदायक मानिन्छ । प्रत्येक शनिबार पीपलको पूजा गरी जल चढाउनाले पनि फाइदा हुनेछ ।

तुलाः दिन शुभ छ, मनोकामना पूर्ण हुनेछ । रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ । लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । काममा विशेष अवसर प्राप्त हुनेछ । तुला राशिका लागि शुभअंक ५ र ९, शुभरंग निलो, स्वामीराशि शुक्र ग्रह, मित्र राशि सिंह र धनु, शुभ दिशा पश्चिम, धारण गर्ने रत्न हीरा हो । देवीको पूजा, बृहस्पतिको मन्त्रजप गरी प्रतिकूल समयलाई फलदायी बनाउन सकिनेछ । शनिवार कागलाई खानेकुरा दिनले तपाइँको ग्रहपिडा कम हुनेछ 

वृश्चिकः दिन खराब छ । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । तत्काल फाइदा नहुने काममा जुट्नुपर्नेछ । परिबन्धले चुनौती निम्त्याउन सक्छ । ठूलो भागको आशा राख्दा भएको वस्तु समेत गुम्न सक्छ । अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्नेछ ।  वृश्चिक राशिका लागि शुभअंक ६ र १०, शुभरंग रातो, स्वामीराशि मंगल ग्रह, मित्र राशि कन्या र मकर, शुभ दिशा उत्तर, धारण गर्ने रत्न मुगा हो । वृश्चिक राशि भएका व्यक्तिहरूले भगवान विष्णुको पूजा गरेर शनि ग्रहलाई खुसी पार्न सकिनेछ । दुःख पाएका व्यक्तिलाई दान गर्नाले मानसिक चिन्ता कम हुनेछ र मनमा शान्ति छाउनेछ ।

धनुः दिन अत्यन्तै शुभ छ । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुने मौका रहेको छ । व्यापारमा पनि राम्रो फाइदा लिन सकिनेछ । धनु राशिका लागि शुभअंक ७ र ११, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति ग्रह, मित्र राशि तुला र कुम्भ, धारण गर्ने रत्न मुगा हो । धनु राशि भएकाहरूले शनिस्तोत्र पाठ र शिवजीको पूजा गर्दा राम्रो रहनेछ । आफ्ना गुरुलाई सम्मान गर्दै गुरुमन्त्रको जप गर्दा पनि राम्रो हुनेछ ।

मकरः समय राम्रो छैन । कामको मेसो नमिल्दा केही पछि परिने छ । अरूका लागि बुद्धि खर्चनुपर्नेछ । आगन्तुकका कारण अध्ययनमा बाधा पुग्न सक्छ । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । लगनशीलताले अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । मकर राशिका लागि शुभअंक ८ र १२, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि वृश्चिक र मीन, शुभ दिशा पूर्व, धारण गर्ने रत्न पुष्पराज हो । मकर राशि भएका व्यक्तिले शनि मृत्युञ्जय पाठ र देवी भगवतीको पूजा गर्दा शुभ फलदायी रहनेछ । भोका व्यक्ति, निमुखा प्राणीलाई सहयोग गर्नाले र सत्य बोल्नाले काममा सफलता मिल्नेछ ।

कुम्भः समय शुभ छ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ । चिताएको काम सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ । मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । सम्पादित कामबाट धन लाभ हुनेछ । कुम्भ राशिका लागि शुभअंक १ र ९, शुभरंग कालो, स्वामीराशि शनि ग्रह, मित्र राशि धनु र मेष, शुभ दिशा पश्चिम, धारण गर्ने रत्न नीलम हो । कुम्भ राशि भएकाहरूले शनिदेवलाई खुसी पार्नसके कार्यमा सफलता मिल्नेछ । भोकालाई भोजन र असाहय व्यक्तिलाई वस्त्रदान गर्नाले भाग्यमा वृद्धि हुनेछ ।

मीनः समय मध्यम खालको छ । वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकारका लागि सजग रहनुपर्ला । प्रतिस्पर्धी बढ्नाले केही चुनौतीहरू देखिनेछन् । काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। विवाद तथा मुद्दाहरूमा आफ्नो पक्ष कमजोर रहनेछ । मीन राशि भएकाहरूका लागि शुभअंक २ र १०, शुभरंग पहेंलो, स्वामीराशि वृहस्पति, मित्र राशि मकर र वृष, शुभ दिशा उत्तर, धारण गर्ने रत्न पुष्पराज हो । मीन राशि भएकाहरूले ग्रहपिडा कम गर्न हरेक दिन गणेशजी तथा विष्णु भगवानको दर्शन एवं पूजा गर्दा राम्रो हुनेछ । घर वरिपरि केराको वृक्ष लगाउनाले पनि भाग्यमा वृद्धि हुनेछ ।

साइतः आज चन्द्रमा धनु राशिमा छन् । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला
बिहान ६ः५५ बजेदेखि         ८ः१४ बजेसम्म        रोग बेला
बिहान ८ः१४ बजेदेखि         ९ः३२ बजेसम्म        उद्धेग बेला
बिहान ९ः३२ बजेदेखि         १०ः५१ बजेसम्म        चर बेला
बिहान १०ः५१ बजेदेखि        १२ः१० बजेसम्म        लाभ बेला
बिहान १२ः१० बजेदेखि        १ः२८ बजेसम्म        अमृत बेला
दिनमा १ः२८ बजेदेखि         २ः४६ बजेसम्म        काल बेला
दिनमा २ः४७ बजेदेखि           ४ः०६ बजेसम्म        शुभ बेला       
दिउँसो ४ः०६ बजेदेखि            ५ः२४ बजेसम्म        रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ