arrow

विराट–अनुस्का बने बाबु–आमा 

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
birat-anuska1.jpg

काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा बाबु–आमा बनेका छन् । सोमबार अनुष्काले छोरी जन्माएकी हुन् । 

उनले मुम्बईको क्यान्डी अस्पतालमा छोरी पाएकी हुन् । सोमबार बिहान यो जोडी डेलिभरीका लागि अस्पताल पुगेको थियो । 

छोरी पाएको खवर विराटले सामाजिक संजालमा लेखेका हुन् । बच्ची र अनुष्काको स्वास्थ्य ठीक रहेको पनि उनले लेखेका छन् । 

उनले आफ्ना फ्यान र शुभेच्छुकलाई गोपनियताको सम्मान गर्न पनि अपिल गरेका छन् । अस्पताल स्रोतका अनुसार उनीहरुले छोरीको नाम अन्वी राखेका छन् । 

विराट र अनुष्काबीच सन् २०१३ मा डेटिङ सुरु भई ११ डिसेम्बर २०१७ मा इटालीको फ्लोरेन्समा विवाह भएको थियो । 

विवाहको ३ वर्ष १ महिनापछि छोरी जन्मिएकी हुन् । दुवै ३२ वर्षका छन् । गत अगष्टमा आफू गर्भवती भएको अनुष्काले सार्वजनिक गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ