arrow

भारतमा लामो समयपछि घटे कोरोना संक्रमित

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
corona-india-delhi.jpg

काठमाडौं । भारतमा लामो समयपछि कोरोना भाइरसका संक्रमित घटेका छन् । महिनौपछि (२०९ दिनपछि) पहिलो पटक सोमबार १२ हजार ४८१ जना संक्रमित मात्र फेला परेका हुन् । 

जबकि सोमबार १८ हजार ५७८ जना कोरोनामुक्त भएका छन् । १६६ जनाले ज्यान गुमाएका छन् । २३२ दिनपछि पहिलो पटक आइतबार सबैभन्दा कम १५० जनाको ज्यान गएको थियो । 

हालसम्म भारतमा १ करोड ४ लाख ७९ हजार ९१३ जना संक्रमित भइसकेका छन् । हाल भने २ लाख १३ हजार ५०४ जना सक्रिय संक्रमित भएका छन् । 

१ करोड १ लाख १० हजार ७१० जनालाई निको भइसकेको छ । १ लाख ५१ हजार ३६४ जनाको ज्यान गएको छ । 

पछिल्ला दिनमा केरलमा सबैभन्दा बढी संक्रमित हुँदै गएका छन् । सोमबार केरलमा ३ हजार ११० संक्रमित थपिएका छन् । केरलमा सबैभब्दा बढी ६३ हजार ३४३ जना  सक्रिय संक्रमित छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ