arrow

मोदीले भने –हाम्रो भ्याक्सिन सबैभन्दा किफायती

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
narendra-modi1.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा बनेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन सबैभन्दा किफायती भएको बताएका छन् । सोमबार भारतीय राज्यका मुख्यमन्त्रीहरुसँग मोदीले आफूहरुले उत्पादन गरेको भ्याक्सिन सबैभन्दा किफायती भएको बताएका हुन् । उनले भ्याक्सिन देशको जरुरतको हिसाबले तयार गरिएको पनि दाबी गरेका छन् । 

१६ जनवरी शनिबारदेखि भारतमा भ्याक्सिन लगाउन थालिँदै छ । मोदीले मुख्यमन्त्रीहरुलाई भ्याक्सिनको तयारी तथा कोरोनाको स्थितिबारे जानकारी गराए । 

उनले पहिलो चरणमा ३ करोड फ्रन्टलाइन वर्कर्सलाई भ्याक्सिन दिने बताए । उनले केही महिनामै ३० करोड मानिसलाई भ्याक्सिन लगाउने लक्ष्य रहेको बताए । 

मोदीले विश्वकै सबैभन्दा ठूलो कार्यक्रम जनवरी १६ देखि सुरु हुने बताउँदै जसले भ्याक्सिन लगाउँछन् उनीहरु पनि कोरोनाको नियममा बस्नुपर्ने आग्रह गरे । 

उनले राज्यहरुलाई कोरोनाको भ्याक्सिनबारे अफवाह फैलन सक्ने भन्दै सचेत रहन आग्रहसमेत गरेका छन् । केही सरारती तत्वहरुले यसमा अवरोध गर्ने प्रयास गर्न सक्ने भन्दै सचेत रहन पनि उनले मुख्यमन्त्रीहरुलाई निर्देशन दिएका छन् । 

उनले भारतमा अहिले दुई थरिका भ्याक्सिन रहेको र चार अरु पाइपलाइनमा रहेकाले जब थप भ्याक्सिन आउँछ तब भविष्यको योजना बनाउन सजिलो हुने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ