arrow

क्रियाशील दलित पत्रकार संघको केन्द्रीय साधारण सभा 

logo
लोकेन्द्र विश्वकर्मा, 
प्रकाशित २०७७ पुष २८ मंगलबार
dalit-patrakar.jpg

काठमाडौं । क्रियाशील दलित पत्रकार संघ नेपालको केन्द्रीय साधारण सभा हुँदैछ । काठमाडौंको अर्पण व्याङ्क्वेट “अनमोल क्यट्रिङ्ग” थापागाउँ बानेश्वरमा मंगलबार हुने संघकी वर्तमान अध्यक्ष पवित्रा सुनारले जानकारी गराइन् । गत वर्षमा स्थापित संघको यो प्रथम सभा हो । 

मिडियामा दलित समुदायको समानुपातिक सहभागिता, प्रेस स्वतन्त्रता तथा सामाजिक न्यायको सुनिश्चतता, भन्ने नाराको साथमा सातवटै प्रदेश र विभिन्न जिल्लाहरुबाट प्रतिनिधि समेतको उपस्थिति रहने अध्यक्ष सुनारले बताइन् । 

संघको सभामा विभिन्न आर्थिक, सामाजिक,जस्ता बिषयहरुमा छलफल गर्नुपर्ने अध्यक्ष सुनारको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ