arrow

घाइते पत्रकारद्वय थापा र खतिवडालाई प्रेस युनियनको सहयोग

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
journalist-help-union.jpg

काठमाडौं । सडक दुर्घटनामा परि घाइते भएका पत्रकारहरु कृष्ण थापा र टीका खतिवडालाई नेपाल प्रेस युनियनले सहयोग हस्तान्तरण गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीको समन्वयमा प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीले बेलायतमा संकलन गरेको ४३ हजार रुपैयाँ सडक दुर्घटनामा परि घाइते भएका पत्रकारहरु थापा र खतिवडालाई हस्तान्तरण भएको हो । 

ट्रमा सेन्टर काठमाडौंमा उपचाररत नेपाल प्रेस युनियन रसुवाका पूर्व अध्यक्ष थापालाई युनियनका महासचिव शिवाकोटी र केन्द्रीय सदस्य माधव चम्लागाईले सेन्टरमै पुगेर ३० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । त्यसैगरि झापामा उपचाररत खतिवडालाई १३ हजार रुपैयाँ नेपाल प्रेस युनियन इलाम मार्फत पठाइएको छ । 

नुवाकोटमा दुर्घटना परेका थापाको खुट्टामा गम्भीर चोट लागेको छ भने खतिवडाको पेटमा गम्भिर चोट लागेको छ। खुट्टामा चोट लागेका थापाको अझै शल्यक्रिया हुन बाँकी छ भने पेटमा चोट लागेर झापामा उपचाररत खतिवडाको शल्यक्रिया भइसकेको छ । थापाको उपचारका लागि नेपाल प्रेस युनियन नुवाकोट र रसुवाले पनि पहल गरिरहेको छ । खतिवडाको उपचारका लागि नेपाल प्रेस युनियन इलामले आर्थिक सहयोगको पहल गरिरहेको छ । नेपाल प्रेस युनियनले दुबै पत्रकारहरुका लागि सहयोग जुटाउन पहल गरिरहेको छ ।  

यसअघी प्रेस युनियन युरोपले पठाएको ३१ हजार रुपैंयाँ रकम गत विहीबार नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी र केन्द्रीय सदस्य युवराज गौतमले ट्रमा सेन्टरमा पुगी थापालाई हस्तान्तरण गरेका थिए । प्रेस युनियन युरोप संयोजक संजयभक्त कंडेलको अगुवाइमा संकलित रकम ट्रमामै पुगेर घाइते थापाकी श्रीमतीलाई हस्तान्तरण गरिएको थियो । 

घाइते पत्रकार कृष्ण थापालाई प्रेस युनियन युरोपले पठायो सहयोग



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ