arrow

ऐतिहासिक कमलपोखरी अस्तित्व मेट्ने प्रयास, काम रोक्न थापाले राखे माग

logo
प्रकाशित २०७७ पुष २८ मंगलबार
kamalpokhari-construction.jpg

काठमाडौं । ऐतिहासिक कमलपोखरीको सौन्दर्य परिवर्तन गर्ने वहानामा काठमाडौं महानगरपालिकाले अस्तित्व नै मेट्न लागेकोमा चौतर्फी आलोचना भएको छ । सिमसार क्षेत्रको रुपमा रहेको कमलपोखरीलाई ढुंगा र सिमेन्ट प्रयोग गरि कंक्रिटमा रुपान्तरण गरि खुम्च्याउने र पानी सुकाउनेगरी पुननिर्माण गरिएकोमा स्थानीय तथा अगुवाहरुले विरोध गरेका छन् । उनीहरुले पोखरी सिमसार क्षेत्र भएको, चराचुरुङ्गीको वासस्थान वा पानी खाने स्थान रहेको साथै ऐतिहासिक र पुरातात्विक महत्वलाई ओझेल पार्न लागेकोमा आपत्ति जनाएका हुन्।

कमलपोखरीलाई सुकाएपछिको हालको अवस्था

पर्यावरणीय महत्व बोकेको पोखरीलाई महानगरले वातावरण संरक्षण ऐनलाई मिचेर पुननिर्माण गरिरहेकोप्रति निर्माण कार्य रोकेर ऐतिहासिकतालाई जोगाउँदै निर्माण गर्न माग गरिएको छ । काठमाडौं क्षेत्र नम्बर ४ का सांसद गगन कुमार थापाले पोखरीको निर्माण कार्य ढिला भएको साथै प्राकृतिक सिमसार स्वरुप नष्ट हुनेगरी वास्तविक पोखरी साँघुरो बनाउने कार्य भएकाले हाललाई निर्माण कार्य रोक्न महानगरसमक्ष माग गरेका छन् ।महानगरलाई पत्र लेख्दै सांसद थापाले समस्याको तत्काल समाधानका लागि छलफल बोलाउन र पोखरीको डिजाइन पनि उपलब्ध गराउन माग गरेका हुन् ।

करिब ४० रोपनी क्षेत्रफल रहेको पोखरी हाल अतिक्रमण भई करि २३ रोपनीमा खुम्चिएको छ। थापाकै पहलपछि कमलपोखरीमा लामोसमयदेखि रहेको प्रहरी कार्यालय त्यहाँबाट हटाइएको थियो । सार्वजनिक स्थानको संरक्षण र संवर्द्धनमा सक्रिय रहँदै आएका थापा अहिले आफ्नै निर्वाचन क्षेत्रमा महानगरले प्राकृतिक र तथा सिमसार महत्वको कमलपोखरीलाई मासेर फरक ढंले काम गर्न थालेकोमा सन्तुष्ट देखिएका छैनन्। 

कमलपोखरीको सिमसार स्वरुप मासिएकोमा असन्तुष्ट कांग्रेस नेता गगन थापाले काम रोक्न माग गर्दै काठमाडौं महानगरलाई लेखेको पत्र

करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको पोखरी पुनःनिर्माणको महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, र वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले गत असार १९ गते शिलान्यास गरेका थिए।

निर्माणको ठेक्का पाएको जय धनञ्जय कँडेल जेभी, रानीबारी काठमाडौंले सम्झौता अनुसार गत असार १५ गते नै पुनःनिर्माण सम्पन्न गर्नुपर्ने भनिए पनि निर्माणमा ढिलाई भएको छ ।

महानगरले पारित गरेको डिजाइन अनुसार पोखरी परिसरमा खुला व्यायाम, ब्याडमिन्टन र बास्केटबल कोर्ट रहने ब्यवस्था छ । त्यस्तै पूर्वी भागमा मूल प्रवेशद्वार, पोखरीको चारै कुनामा ४र४ मिटरको पाटी निर्माण साथै चारै कुनामा कमलका फूल राख्ने लगायत योजना छ। तर पोखरीमा भित्र प्राकृतिक कमल पुल्ने पोखरीको स्वरुपलाई मासेर कृतिम कमलको फूल राख्ने योजनाको अहिले सर्वत्त बिरोध भइरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ