arrow

ट्रम्पले लगाए वासिङटन डिसीमा आपतकाल, महाभियोग लगाउन मतदान हुँदै

logo
प्रकाशित २०७७ पुष २९ बुधबार
donald-trump1.jpg

काठमाडौं । अमेरिकी  राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले चुनावमा हारेको बदला लिन अन्तिम समयसम्म पनि देशलाई दुःख दिन छाडेका छैनन् । उनको कार्यकाल आगामी जनवरी २० सम्म मात्रै हो । जनवरी २० मा निर्वाचित जो बाइडेनले सपथग्रहण गर्दैछन् । 

बाइडेनको सपथ प्रभावित गर्न ट्रम्पले राजधानी वासिङटन डिसीमा आपतकाल नै घोषणा गरिदिएका छन् । उनले गत जनवरी ११ देखि २४ तारिखसम्म आपतकालको घोषणा गरेका छन् । 

यसबाट बाइडेनको सपथ ग्रहण प्रभावित हुनेछ । गत हप्ता संसद भवनमा भएको आक्रमणमा राष्ट्रपति ट्रम्पको हात रहेको भन्दै महाभियोग लगाउने तयारी भैरहेका बेला ट्रम्पले राजधानी वासिंगटन डिसीमा आपतकालको घोषणा गरेका हुन् । 

संसदमा उनलाई महाअभियोग लगाउने बारेको बहस जारी रहेको छ । बुधबार त्यसबारे मतदान हुँदैछ । ट्रम्पले धम्कीयुक्त भाषामा महाअभियोग भयानक हुने बताएका छन् । 

त्यस्तै बाइडेनको सपथग्रहणका समयमा ५० राज्यमा नै ट्रम्पका उश्रृंखल कार्यकर्ताले आक्रमण गर्न सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ